Aamsanchar

झापा नाटक घर निर्माण अभियानमा साथ जुटदै

Author Image
शनिवार, माघ १०, २०७७

बिर्तामोड । बिर्तामोड देबी पञ्चकन्या उत्तरमा निर्माणाधीन अबस्थामा रहेको झापा नाटक घरका लागि समुहले अघि सारेको एक इट्टा सहयोग समर्पण अभियानमा एक्यवद्धता जाहेर गर्दै सहयोग जुटाउ अभियान सञ्चालन भइ रहेको छ ।

शिखर बचत तथा ऋण सहकारी संस्था बिर्तामोड झापा का अध्यक्ष दिपेन्द्र राउत सहित को कार्यसमिति परिवार ले झापा नाटक घर परिसरमा आयोजीत एक कार्यक्रम बिच समुहका ब्यबस्थापन समिति संयोजक ज्ञानुराम प्रसाइ र सह संयोजक कुमार भट्टराई मार्फत नगद रु ५१ हजार रकम प्रदान गरेको छ । यसै गरि तत्कालीन गोलघाप गा बि स अध्यक्ष तथा सामाजिक अभियन्ता बिर्तामोड निवासी श्री नारायण पोखरेल बाट समेत अभियान सफलताको कामना गर्दै नगद रु ५१ हजार प्रदान गरिएको झापा नाटक घर निर्माण समितिका सचिब तथा अभियन्ता माधब कल्पितले जानकारी दिए ।

जनस्तर बाट एक ब्यक्ति एक इट्टा सहयोग समर्पण अभियान मार्फत प्रदेश न १ कै पहिलो एतिहासिक संग्रहालय सहितको निर्माणाधीन झापा नाटक घर को महत्त्व र यसले खेल्ने भुमिका प्रती झापाली समाज युएइका अध्यक्ष दुर्गेस सापकोटा,नेपाल अल‌चि ब्यबसायि महाँसघ का महासचिव सुभाष भट्टराई ,शिखर सहकारी अध्यक्ष दिपेन्द्र राउत,नारायण पोखरेल, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष आचार्य लगायतले शुभकामना राखेका थिए ।

भवन निर्माण ब्यबस्थापन समिति संयोजक ज्ञानुराम प्रसाइको अध्यक्षतामा आयोजित कार्यक्रममा सहसंयोजक कुमार भट्टराईले स्वागत गरेको कार्यक्रममा क्षितिज संगीत साधना प्रतिष्ठानका कलाकारहरुले स्वागत गीत, तथा देबीमाया प्रसाईंबाट स्वदेश गीत प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन अभियन्ता माधब कल्पितले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर