Aamsanchar

नागरिक गर्भमै हुँदा देखि सरकारको हुने भएकाले कर अनिवार्य तिर्नु पर्छ : कार्यवहाक मेयर प्रसाई

Author Image
आइतवार, माघ ११, २०७७

विर्तामोड । कर भन्ने वित्तिकै कतिपय व्यवसायीहरु अझैं पनि डराउने गरेका छन् । धेरै जसो व्यवसायीहरु करको बारेमा नबुझेर अनाआश्यक डराउने गरेको आज बिर्तामोडमा आयोजित महिला उद्यमी सँग कर सम्बन्धी वृहत छलफल तथा अन्तक्रियाका वक्ताहरुले धारणा राखेका छन् ।

कानूनले तोके अनुसार कुन कुन बस्तुमा कर लाग्छ कुनमा लाग्दैन भन्ने ज्ञान नभएर धेरै व्यवसायीहरु करको दायरामा जान नचाहेको कारणले गर्दा व्यवसायीहरुले कानुनी समस्या झेल्नु परेको र डण्ड जरिवाना र  ठुलो राशीको आर्थिक क्षती व्यहोर्नु पर्दा व्यसायीहरु मर्कामा पर्नबाट कसरी जोगिन सकिन्छ । करको दायरामा व्यवसायी जादाँ प्राप्त हुने अबसर र सुविधाका बारेमा जानकारी दिने उदेश्यले उद्यमशिल महिला संघ झापाको आयोजना र आन्तरिक राजश्व कार्यालय भद्रपुरको प्राविधिक सहयोगमा छलफल तथा अन्तरक्रिया साथै प्रशिक्षण सम्पन्न भएको हो ।

उद्यमशिला महिला संघ झापाकी अध्यक्ष पार्वता विमली खरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा विर्तामोड नगरपालिकाकी कार्ववहाक मेयर पवित्रा महतरा प्रसाईको प्रमुख आथित्यता रहेको थियो ।

आयकर, मुल्य अभिवृत्ति कर, अन्तशुल्क सम्बन्धी छलफल तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि प्रसाईले नेपालीहरु कर तिर्नबाट भाग्ने गर्छन, विदेशमा नागरिकले ६० बर्षको उमेर सम्म सरकारलाई कर कस्ले धेरै तिर्ने प्रतिस्पर्दा हुने गर्छ, त्यस कारण सरकार धनी बनेको हुन्छ, अनि नागरिकका आधारभूत सुविधाहरु सरकारले नै पूर्ण रुपमा उपलब्ध गराने उदाहरण दिदै नेपालीहरुले पनि अनिवार्य कर तिर्नु पर्छ, अनिमात्र सरकार सँग आधारभूत सुविधाको अपेक्षा राख्नु उचित हुने, हरेक नागरिक गर्भमै हुँदा देखि सरकारको हुने भएकाले सरकारका लागि नागरिक सधै उत्तरदायि बनेर अनिवार्य  कर तिर्नु पर्ने जिकिर गरिन ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख युवराज श्रेष्ठले कर उठाउने सवालमा घाटीमा पुगेको पैसा पनि करका कर्मचारीहरुले निकाल्न जानेको हुन्छ र निकाल्छन, कसैले पनि कर लुकाउने, छिपाउने काम नगर्न सुचित गराए ।

६० जना भन्दा धेरै उद्यमी महिला व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रमलाई कर अधिकृत निराज पोखरेलले सहजीकरण गरेका थिए ।

करका विषयमा नेपाल महिला चेम्बर झापाकी अध्यक्ष प्रेमा भट्टराई, नारी संचार गृहकी अध्यक्ष भिमा शिवाकोटी, नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई, चेम्बर अफ कमर्स बिर्तामोडका अध्यक्ष ओमकृष्ण विमली, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख सन्तोष आचार्य लगाएतले धारणा राखेका थिए ।

कार्यक्रमको संचालन उद्यमशिल महिला संघकी सचिव यसोदा प्रसाई भट्टराईले गरेकी थिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर