Aamsanchar

पर्यटन बोलाउन, प्रदेश १ का सरोकारवालाहरु अन्य प्रदेशको पर्यटकिय गन्तव्यमा पुग्दै

Author Image
सोमवार, माघ १२, २०७७

जनकपुर। ‘घुमौ पुर्व प्रदेश नम्वर १ भन्ने मुख्य’  नारासहित आन्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन अभियान अन्तर्गत १ नम्वर प्रदेशका पर्यटन व्यवसायी, सरकारी अधिकारी र सञ्चारकर्मीसहितको १३ सदस्यीय टोली आईतवार साँझ वागमती प्रदेशको पर्यटकिय स्थल सौराह पुगेको छ ।

नेपाल पर्यटन वोड प्रवद्धक तथा नेपाल एशोसिएसन टुर एण्ड ट्राभल एजेण्टस् नाटा १ नम्वर प्रदेश तथा हानको संयोजकत्वमा विटुविका लागि टोलीले जनकपुर, चितवन,पोखरा , लुम्बिनी र पाल्पाका पर्यटन व्यवसायीहरूबीच छलफल गर्ने छ ।

एकआपसमा आन्तरिक पर्यटकको संख्यामा बृद्धि गरेर विभिन्न ठाउँका धार्मिक एवम् पर्यटकिय क्षेत्रका विकास, प्रवर्द्धन र प्रचार प्रसारकालागि के कस्ता उपायहरू अघि सार्न सकिन्छ भन्ने विषयमा सम्वद्ध व्यवसायीहरूबीच छलफल गरिने नाटा १ नम्वर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले बताउनुभयो ।

यसैक्रममा १ नम्वर प्रदेशको टोलीले २ नम्वर प्रदेशका पर्यटन होटल व्यवसायीबीच अन्तरक्रिया गरेको छ । जनकपुरस्थित होटल वेलकममा आयोजित कार्यक्रममा आन्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन अभियानका संयोजक भविशकुमार श्रेष्ठले १ नम्वर प्रदेश धार्मिक एवम् विभिन्न दृष्टिकोणले अनेक सम्भावना बोकेको प्रदेश भएकाले पर्यटकहरूका लागि विभिन्न धार्मिक एवम् पर्यटकिय स्थल रहेको जानकारी गराउनुभयो ।

उहाँले अहिले कोभिड १९ का कारण सवैभन्दाबढी नोक्शान होटल र पर्यटनक्षेत्रले व्योहोर्नु परेकाले अब सवै प्रदेशका पर्यटन र होटल व्यवसायीहरू पर्यटन र होटललाई पुरानै लयमा फर्काउन लाग्नुपर्ने बताउनुभयो ।

पर्यटन र होटलकाक्षेत्रमा देखिएका समस्या सवैको साझा समस्या भएकाले समाधानमा पनि साझारूपमा लाग्नुपर्ने संयोजक श्रेष्ठको जोड थियो । उहाँले १ नम्वर प्रदेशका पर्यटकियक्षेत्रका बारेमा सहभागी सवैलाई अवगत गराउनुभएको थियो ।

नाटा प्रदेश नम्वर १ का अध्यक्ष उदयकुमार श्रेष्ठले अभियानका बारेमा प्रकाश पार्दै अब पर्यटन व्यवसायीहरूले बाह्य भन्दा पनि आन्तरिक पर्यटनलाई आकर्षण गर्ने खालका गतिविधि गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा जनकपुरमा होटल व्यवसायी विजय झुनझुनवालाले प्रचार प्रसारका कारण अहिले जनकपुरका पर्यटनक्षेत्र खस्किएको बताउनुभयो । उहाँले अहिले मुलुक लोकतन्त्रमा प्रवेश गरे पनि पर्यटन व्यवसायीहरूले यसको अनुभुत गर्न नपाएको गुनासो गर्नुभयो । अब सरकारको प्रतिनिधिकारूपमा आन्तरिक पर्यटन पुनरूत्थान एवम् प्रद्वर्धन अभियान गठन गरी संयोजक तोकेका कारण उहाँहरू अघि बढेर होटल पर्यटन व्यवसायीका समास्या सम्वन्धित पक्षसँग पुर्याईदिन आग्रह गर्नुभयो । अभियानका २ नम्वर प्रदेशका संयोजक मनिष झाले अहिले जनकपुर उपमहानगरपालिकाले स्थानीय स्तरमा पर्यटकियक्षेत्रको प्रचार प्रसारमा नजुटेको भन्दै टिप्पणी गर्नुभयो ।

पर्यटन व्यवसायी स्वयम यसक्षेत्रमा सक्रिय बन्नुपर्ने उहाँको जोड थियो । कार्यक्रममा अभियानका १ नम्वर सहसंयोजक वासुदेव बराल, विराटनगरका होटल व्यवसायी राजन श्रेष्ठ, नाटाका महासचिव नविन खरेल, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, नेपाल पर्यटन बोडका अधिकृत प्रेमप्रसाद भट्टराई ,नाटाका प्रदेश सदस्य ज्ञानमणि नेपाल, ईटहरीका होटल व्यवसायी जीवन पराजुली,धरानका व्यवसायी गोपालप्रसाद आचार्य जनकपुरका व्यवसायीहरू सुदर्शनलाल कर्ण, विष्णु शाह,नसिर अहमद,मनिषरमण शाह, अमित कुमार शाह, जनकपुर उपमहानगरपालिका वडानम्वर ७ का वडाध्यक्ष जानकीराम शाह,साटो नेपालका अध्यक्ष विरेन्द्र शाहलगायतले दुवै प्रदेशका होटल र पर्यटन व्यवसायीहरू मिलेर अघि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर