Aamsanchar

इलामबाट झापा आउँदै गरेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा १ को मृत्यु,२ घाईते

Author Image
बुधवार, माघ १४, २०७७

झापा– इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । इलामबाट झापा आउँदै गरेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा २८ वर्षीया अञ्जु आचार्यको बुधबार घटनास्थलमै ज्यान गएको हो ।
ट्रकले ठक्कर दिँदा ४२ वर्षीय मोटरसाइकल चालक उमेश साह र मृतककी दुई वर्षीय छोरा सरोज आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घाइते साह सूर्योदय नगरपालिका १० का हुन् भने मृतक आचार्य र उनका छोरा माइजोगमाई गाउँपालिका ३ का रहेको बताइएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी लालध्वज सुवेदीका अनुसार को १८ प ६९७ नम्बरको मोटरसाइकललाई त्यही दिशाबाट गइरहेको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ना ३ ख २७३२ नम्बरको ट्रक र चालक ३६ वर्षीय भवानीप्रसाद तिम्सिनालाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि इलाम अस्पताल पठाइएको छ भने गम्भीर घाइते भएका आचार्य र साहलाई उपचारका लागि झापा ल्याइएको सुवेदीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर