Aamsanchar

गायिका अञ्जु पन्तले फेरी विवाह गर्ने

Author Image
मङ्गलवार, माघ २०, २०७७

नेपाली गित संगीतको क्षेत्रकी एक चर्चित गायिका अञ्जु पन्तले विवाह गर्ने जमर्को गरेकी छिन् ।

एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्तले बिहेको तयारी गर्न लागेको कुरा बाहिर आएको छ । उनले इलामका थिर कोइरालासँग बिहे गर्न लागेकी हुन् । विवाहका लागि दुबै पक्षका परिवारमा कुराकानी भैरहेको तर मिति भने तय नभएको जानकारी आएको छ । केहि वर्ष देखि प्रेमी प्रेमिका बनेर रहेको भएपनि अब तत्काल विवाह बन्धनमा बाधिन लागेको खबर बाहिर आएको हो हो।

थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको र बिस्तारै उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले शेयर गरेको देखिन्छ । अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन्। अञ्जुले पनि छोरीको दबाबका कारण विवाह गर्ने बिषयमा सोचिरहेको बताएकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर