Aamsanchar

भारतले नेपाली भूमि लिपुलेक हुँदै बाटो खन्ने क्रममा महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु

Author Image
बुधवार, माघ २१, २०७७

काठमाण्डौ – बाटो खन्ने क्रममा दार्चुलाको महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु भएको छ । अहिले भारतीय पक्षले नदीमा खसेको चट्टान पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाएको छ । भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक निर्माणका क्रममा माल्मा क्षेत्रमा चट्टान खसेको थियो । पहिरो खसेको ठाउँ दार्चुलाको ब्यास गाउँपालिकाको २ नम्बर वडामा पर्छ । महाकाली नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सतर्कताका लागि जिल्ला प्रशासन कार्यलय कन्चनपुरले अनुरोध गरेसँगै नजिकको प्रहरी चौकी र सशस्त्र प्रहरीको टोली चट्टान झरेको ठाउँमा पुगेर फर्किएको छ । टोलीले चट्टानका कारण धेरै जोखिम भने नरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर