Aamsanchar

बझाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका संकलन गरिदै

Author Image
आइतवार, वैशाख १६, २०८१

काठमाडौँ । बझाङको मतपेटिका संकलन कार्य जारी रहेको छ ।

निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको छ ।

आयोगका अनुसार बझाङको दुर्गमस्थलका मतपेटिका सेनाको हेलिकप्टरले १० बजेसम्म संकलन गरिसक्ने बताएको छ ।

बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा गर्ने तयारी गरिएको छ । मतपेटिका संकलन गरेपछि मात्र गणना शुरु हुने आयोगले जनाएको छ ।

६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ । यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाम २ मा सुहाङ विजयी
मङ्गलवार, वैशाख १८, २०८१