Aamsanchar

दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा एक जनाको मृत्यु

Author Image
बुधवार, माघ २१, २०७७

झापा-दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसतासी नगरपालिका- ९ बस्ने २३ वर्षीय करण कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्गमा अन्तरगत कनकाई- ८ बिरिङ पुलमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ११ प ५७६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ७९प ७८८५ नम्बरको मोटरसाइकल मंगलबार राती एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटना परी बा ७९ प ७८८५ मोटरसाइकल चालक कार्कीको कम्मरको बायाँ साइडमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लगिएको र धरानले पनि त्यहाँबाट रेफर गरी दिएपछि उनलाई उपचारका लागि भारतको सिलीगुढी लैजाने क्रममा काँकडभिट्टा नाकामै मृत्यु भएको प्रहरीले जनाएको छ । यता इलाका प्रहरी कार्यालय झिलझिलेले मे ११ प ५७६७ नम्बरको मोटरसाइकल चालक दमक नगरपालिका-५ बस्ने ४५ वर्षीय भिमबहादुर लिम्बुसहित दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 430

प्रतिक्रिया (०)

सम्बन्धित खबर