Aamsanchar

अभिनेत्री करिश्मा मानन्धर महानायिकाको उपाधिले सम्मानित

Author Image
मङ्गलवार, माघ २७, २०७७

काठमाडौं – अभिनेत्री करिश्मा मानन्धर महानायिकाको उपाधिले सम्मानित भएकी छन् । आरके इन्टरटेनमेन्टले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर अभिनेत्री मानन्धरलाई यो सम्मान प्रदान गरेको हो । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आरके इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका लेखिएको स्यास र क्राउन समेत लगाइदिएको छ । समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा लगायतका व्यक्तिहरुलाई समेत राष्ट्रिय सम्मान प्रदान गरिएको थियो ।

समारोहमा आरके इन्टरटेनमेन्टले आयोजना गरेको अनलाइन ग्राण्ड सिङगिङ आइडल तथा स्याल यु डान्स कार्यक्रमका विजेतालाई पनि अवार्ड वितरण भएको थियो । सिङगिङ आइडलका विजेता मोनिका तमाङ तथा फस्ट रनरअप सुमिरन हुमागाई थिए भने सेकेन्ड रनर्सअप मिनिसा तामाङ भएकी थिइन् । कार्यक्रममा सिंगिङ आइडलका निर्णायकहरु आनन्द कार्की, मिन साागर लामा, सरिता भारती र सरोज प्याकुरेललाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर