Aamsanchar

डिलक्स सुविधा सहित विर्तामोडमा होटल सेभेन इन संचालनमा

Author Image
शनिवार, फागुन १, २०७७

बिर्तामोड । सहरको कोलाहाल देखि केही पर एकान्त शान्त ठाउँमा बासबस्न रुचाउनेहरुलाई लक्षित गरेर झापाको बिर्तामोड स्थित मेची आँखा अस्पताल दक्षिणमा नयाँ होटल सेभेन इन संचालनमा ल्याईएको छ ।

शुक्रबार एक भव्य साँगीतिक समारोहका बिच झापाली नेता राप्रपाका केन्द्रिय महामन्त्री राजेन्द्र लिङदेनको बाहुँलीबाट रिवन काटेर उद्घाटन गरिएको थियो ।

युवा व्यवसायी प्रकाश घिमिरेले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याएका हुन् । उनी बिर्तामोड उद्योग वाणिज्य संघका वाणिज्य सचिव हुन् ।
उद्घाटन कार्यक्रममा गायिका एलिना चौहान र डान्सर रिया श्रेष्ठले प्रस्तुति दिएका थिए । नायक सुवास मेचेको विशेष उपस्थिति रहेको थियो । आज गायक राम लिम्बू रिया श्रेष्ठको पनि प्रस्तुति रहनेछ ।

त्यसैगरी उद्घाटन समारोहमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायत सय भन्दा धेरै अतिथि ग्राहक हरुको उपस्थिती रहेको थियो ।

सञ्चालक घिमिरेका अनुसार ८२ लाख रुपैयाँको लगानीमा होटल सञ्चालनमा ल्याएको । डिलक्ससहित १० वटा एसी कोठाहरु रहेको प्रशस्त पार्किङको व्यवस्थासहित सञ्चालनमा आएको होटलमा नेपाली, इन्डियन, चाइनिज, सेकुवालगायत परिकार पाइने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर