Aamsanchar

अब निलडेविड सलोनको अर्को ब्राण्ड ‘केश सलोन’ भारतको राईगंज र नेपालको सिमरामा सेवा सुरु हुदै

Author Image
बुधवार, फागुन १२, २०७७

बिर्तामोड ।  निलडेविड सलोनको अर्को ब्राण्ड केश सलोन सेवा विस्तारको क्रमले तिव्रता पाएको छ ।  कोरोना कहरको कारण विगत एक बर्ष एता सलोन विस्तार सुस्ताएको भए पनि हाल कोरोना कोभिड–१९ सामान्य बन्दै गएको अवस्थालाई  अमध्येनजर गरेर  निकट दिनमा भारत र नेपालको दुई स्थानमा  केश सलोन ब्राण्ड विस्तार हुन लागेको निलडेविड सलोनका संचालक निलडेविड कटवालले बताएका छन् ।

कटवालका भनाई अनुसार भारतको राईगंज र नेपालको सिमरामा केश ब्रान्ड सुभारम्भ गरिने छ ।

नेपाल भारतका ठुला ठुला सहरमा विस्तार भई सकेको निलडेविडको अर्को ब्राण्ड  केश सलोन  अब नेपाल र भारत दुई देशमा शुभारम्भ भए संगै  साना साना सहरलाई लक्षित गरेर थोरै लगानीमै पनि सलोन संचालन गर्न सकिने नीति अघि सारिएको छ । जसलले गर्दा सिप भएर ठुलो आर्थिक अभावका कारण व्यवसाय संचालन गर्न नसकिरहेका व्यक्तीहरुले पनि केश सलोन ब्राण्ड लिएर काम गर्न  सजिलो हुने भएको छ ।

अघिल्लो पुस्तालाई सेवा दिएर चर्चामा रहदै आएका नेलडेविड कटवालले पछिल्लो पुस्ताकालाई सेवा दिनको लागि आफ्नो छोरा डेनियललाई केश सलोन ब्रान्डमा  अघि सारेका छन् । बुवाले कमाएको ख्याती संगै देश विदेशमा स्थापित बनेको निलडेविड सलोनको ब्राण्डका साथै केश सलोन ब्राण्ड  छोरा डेनियलले  उचाईमा पुर्याउन लागि पर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर