Aamsanchar

सहायक प्रअको निधन शंकास्पद भन्दै सत्यतथ्य छानबिन गर्न विद्यालय प्रशासन द्वारा माग

Author Image
सोमवार, फागुन १७, २०७७


दाङ ।  जनजागृति माध्यमिक विद्यालय लमडरुवा घोराही १० लमडरुवाका सहायक प्रधानाध्यापक श्रीधर घिमिरेको निधन शंकास्पद भएकाले सुक्ष्म अनुसन्धान गर्न विद्यालयले प्रशासनसँग माग गरेको छ ।

विद्यालयका प्रतिनिधीले सोमवार प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाउदै निष्पक्ष र सुक्ष्म अनुसन्धान गर्न माग गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक यामबहादुर डिसीको नेतृत्वमा रहेको टोलीले प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र जिल्ला प्रहरी प्रमुख गणेश चन्दलाई ज्ञापनपत्र बुझाउदै विद्यालयका सहायक प्रधानाध्यापक घिमिरेको मृत्यु शंकास्पद देखिएकाले सत्यतथ्य छानविन गर्न माग गरिएकोक छ ।

ज्ञापनपत्रमा भनिएको छ –‘विद्यालयका सहायक प्रधानाध्यापक श्रीधर घिमीरे राति घरमा एक्लै भएको र विहान आफ्नै घर अगाडी शंकास्पद मृत अवश्थामा भेटिएको र परिवारको भनाई अनुसार घरमा शंकास्पद वस्तु भेटिएकाले सत्यतथ्य के हो निष्पक्ष छानविन गरि दोषी ठहरिएमा हदैसम्मको कारबाहीको माग गर्दछौ ।’

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेकाले घटनाबारे सत्यतथ्य पत्ता लाग्ने दिए।  उनले घटनाबारे विभिन्न पाटहरुबाट अनुसन्धान गरिने बताएका छन् ।  यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले घटनास्थलमा आफूपनि पुगेको र घटनालाई प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताउदै घटनाको बारे प्रहरी थप अनुसन्धानमै रहेको  चन्दले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)