Aamsanchar

इटहरीका ३६ वटा विद्यालयमा लैङ्गिक सम्पर्क व्यक्ती तोकियो

Author Image
शुक्रवार, फागुन २१, २०७७

इटहरी । इटहरीमा लैङ्गिक हिंसा न्यूनिकरण अभियानलाई थप प्रभावकारी वनाउन सवै सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्ति तोकिएको छ ।
विद्यालयका शिक्षक मध्ये एक जनालाई लैङ्गिक सम्पर्क ब्यक्ति तोकिएको हो । इटहरीका सवै ३६ वटा विद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्ति रहेका छन । उहाँहरुले विद्यालय तथा आसपासको समुदाय सँग जोडिएका लैङ्गिक हिंसाका घटनालाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले बताईन ।

हिंसा बाट जोगिन के गर्नुपर्छ,हिंसा भइहाले के गर्ने ? भन्ने बिषयमा उहाँहरुले विद्यालयमा सचेतनामूलक कक्षा संचालन गर्नुहुने छ । सामुदायिक विद्यालयहरुमा तोकिएका लैङ्गिक सम्पर्क ब्यक्तिका लागि उपमहानगरले अभिमुखिकरण सम्पन्न गरेको छ । अव प्रत्येक विद्यालयका लैङ्गिक सम्पर्क ब्यक्ति र विद्याार्थीहरु विच पनि अभिमुखिकरण कार्यक्रम गर्ने योजना रहेको उपप्रमुख गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)