Aamsanchar

ए डिभिजन लिगमा बढुवा भयो सातदोबाटो

Author Image
आइतवार, फागुन २३, २०७७

काठमाडौं – सहिद स्मारक बि डिभिजन लिगमा सातदोबाटो युथ क्लब दुई खेल अगावै ए डिभिजन लिगमा बढुवा भएको छ। दोस्रो स्थानमा रहेको खुमल्टार युथ क्लब र श्री भगवती क्लबबीचको खेलमा खुमल्टार पराजित भएपछि सातदोबाटो युवा क्लब दुई खेल बाँकी रहँदै ए डिभिजनमा बढुवा भएको हो।

सातदोबाटो युथ क्लबले स्थापनाको २३ वर्षपछि शीर्ष डिभिजनमा स्थान बनाएको हो। २०५४ सालमा स्थापना भएदेखि नै डि डिभिजन क्वालिफायरबाट घरेलु फुटबल खेल्न थालेको सातदोबाटो २०६६ सालमा बि डिभिजनमा बढुवा भयो। त्यसयता भने उसले लगातार बि डिभिजनमानै संघर्ष गरिरहेको छ।

पछिल्लो दुई सिजन शीर्ष चारमा परे पनि शीर्ष स्थानमा रहन भने सकेन। ए डिभिजनमा उक्लिए पनि अबको बाटो सहज भने छैन। एएफसी र फिफाका कडा नियम र ए डिभिनजमा हुने ठूलो खर्च धानेर सफलता पाउनु सातदोबाटोका लागि ठूलो चुनौती हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर