Aamsanchar

सशस्त्र प्रहरी विराटनगर द्वारा ठुलो परिणाममा भिटामिन बरामत

Author Image
बुधवार, फागुन २६, २०७७

मोरङ । तस्करी गरेर भारतबाट ल्याइएको ब्रोइलर कुखुरामा प्रयोग गरिने औषधिजन्य भिटामिन सशस्त्र प्रहरीले विराटनगरले बरामद गरेको छ ।

विराटनगर महानगरपालिका–१६ दरैयास्थित केसलीया खोलानजिकबाट सशस्त्र प्रहरी बल बीओपी बखरीका प्रहरी निरीक्षक दिलकुमार पन्त नेतृत्वको टोलीले मंगलबार बिहान १ बजेतिर भिटामिन बरामद गरेको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार एक सय मिलीलिटर दरका चार सय ३३, दुई सयका एक सय ४८ र पाँच सय मिलीलिटर दरका एक सय ८६ बोतल भिटामिन बरामद भएको छ । सशस्त्रले तस्करीमा प्रयोग गरिएको चारवटा साइकलसहित तीन लाख मूल्य बढीको भिटामिन नियन्त्रणमा लिएको हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर