Aamsanchar

पार्टी विवाद उत्कर्षमा पुगेका बेला छलफलमा जुटे एमालेअध्यक्ष ओली र नेता नेपाल

Author Image
सोमवार, चैत २, २०७७

काठमाडौँ — पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका नेताहरू पार्टी मुख्यालय धुम्बाराहीमा छलफलमा जुटेका छन् । उनीहरूबीच सोमबार बिहान करिब साढे ११ बजेबाट छलफल सुरु भएको हो ।

यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाएका थिए । तर नेपालले पार्टी कार्यालयमा समूहगत रुपमा छलफल गर्ने भनेपछि ओली धुम्बाराही जान राजी भएका हुन् । सोमबार बिहान ओलीले बालुवाटारमा एमाले नेताहरुका लागि चियापान कार्यक्रमको तयारी गरेका थिए । चियापानपूर्व नेताहरुबीच भेटवार्ता भएको हो ।

छलफलमा ओली समूहबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवालीसहितका नेताहरू सहभागी छन् भने नेपाल समूहबाट भीम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत सहभागी छन् । स्रोतका अनुसार नेपालले एक्लै भेट्न नमानेपछि दुवै पक्षका दोस्रो तहका नेतासहितको छलफल डाकिएको हो ।

ओली पक्षले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने चैत ४ र ५ गते नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । सर्वोच्च अदालतले फागुन २३ गते एमाले ब्युँताइदिएपछि एमालेका नेताहरुबीच टकराव उच्च थियो । ओलीले २८ गते बालुवाटारमा आफू पक्षीय नेताहरुको बैठक बसेर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद झन् चर्किएको थियो । नेपाल समूहले आइतबार निर्वाचन आयोग पुगेर ओलीको निर्णय आधिकारिक नभएको भन्दै पत्र बुझाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)