Aamsanchar

इटहरी उपमहानगरको आठौ नगरसभा बाट पुरक वजेट पारित

Author Image
मङ्गलवार, चैत ३, २०७७

इटहरी । इटहरी  उपमहानगरको आठौ नगरसभाको वैठकले आर्थिक बर्ष २०७७/७८को पुरक वजेट पारित गरेको छ । नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको वैठकले १ अर्व ९५ करोड ४० लाखको संसोधित पूरक आय ब्यय अनुमान पारित गरेको हो ।

अस्ति फागुन १४ गते उपप्रमुख लक्ष्मी गौतमले पुरक वजेट सभामा पेश गर्नुभएको थियो । यसैगरि आजको वैठकले विनियोजन ऐन संसोधन विधेयक र आर्थिक ऐन संसोधन विधेयक पारित गरेको छ ।

विधेयक माथि भएको छलफलमा नगरसभा सदस्य गणेश खत्रीले भाग लिनुभयो । छलफलमा उठेका प्रश्नको उपप्रमुख लक्ष्मी गौतमले जवाफ दिनुभयो ।नगरसभाको आजको वैठकमा उपप्रमुख गौतमले इटहरी उपमहानगरका कर्मचारीको तह तथा स्तरवृद्धि सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७७ र इटहरी उपमहानगरका कर्मचारीको स्थायी तथा करार नियुक्ति गर्ने सम्न्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७७ पेश गर्नुभएको छ । अर्को वैठक चैत ३ गते दिउसो ३ वजे वस्ने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर