Aamsanchar

चैत २५ गते पत्रकार महासंघको चुनाव, जिल्ला देखि केन्द्र सम्मको मतदान एकैदिन हुने

Author Image
बुधवार, चैत ४, २०७७

काठमाडौं – नेपाल पत्रकार महासंघको चुनाव २५ गते हुने भएको छ। बिहीबार महासंघको केन्द्रीय समितिको बैठकले आगामी २५ गते चुनाव गर्नेगरी निर्णय तोकिएको महासंघका अध्यक्ष गोविन्द आचार्य जानकारी दिए।

उनले भने, ‘यही ७ गते चुनावी तालिका सार्वजनिक गरी २५ गते भोट दिनुपर्ने मिति तोकिएको छ।’ उनले तीव्र रुपमा चुनावी तयारी पनि महासंघले थालेको जानकारी दिए। उनका अनुसार महासंघको संशोधित विधानअनुसार जिल्ला, प्रदेश र केन्द्रको मतदान एकै दिन हुनेगरी निर्वाचन मिति तय गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 321

प्रतिक्रिया (०)