Aamsanchar

भारत र इङ्ग्ल्याण्डबीचको पाँचौं टी-ट्वान्टी क्रिकेट हुँदै, आजको खेल निर्णायक

Author Image
शनिवार, चैत ७, २०७७

काठमाण्डौ- भारत र इङ्ग्ल्याण्डबीचको पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेट आज हुँदैछ । श्रृङ्खलामा २-२ को बराबरी भएसँगै आजको खेल निर्णायक बनेको हो । खेल बेलुका सवा सात बजे नरेन्द्र मोदी स्टेडियम अहम्दाबादमा सुरु हुनेछ ।

यसअघिको पहिलो र तेस्रो खेल पाहुना टोली इङ्ग्ल्याण्ड तथा दोस्रो र चौथो टी-ट्वान्टी भारतले जितेको थियो । टी-ट्वान्टीको विश्व वरीयतामा इङ्ग्ल्याण्ड शीर्षस्थानमा छ भने भारत दोस्रो स्थानमा रहेको छ । यी दुई टीमबीच तीन खेलको एक दिवसीय श्रृङ्खला पनि हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर