Aamsanchar

१४ हजार पर्ने एउटा ग्यास सिलिण्डर अब ८ हजारमा

Author Image
शनिवार, चैत ७, २०७७

हुम्ला –  हुम्लाको दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि खाना पकाउने ग्यासको मूल्य घटेको छ । १४ हजार रुपैयाँ पर्ने एउटा ग्यास सिलिण्डरको मूल्य ६ हजार रुपैयाँ घटेर ८ हजारमा झरेको स्थानीयले बताएका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बोकाएर ल्याएको ग्यासको मूल्य प्रतिसिलिण्डर १४ हजार रुपैयाँ थियो । मूल्य घटेपछि हुम्लामा खाना पकाउने ग्यास प्रयोग गर्नेहरुको संख्यामा पनि बृद्धि भएको छ ।

सर्केगार्ड गाउँपालिकाको बालुकुनासम्म र चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङसम्म सडक सञ्चालनमा आएपछि खच्चडमा एक दिनमै सिमकोट पुग्ने भएपछि ग्यासको ढुवानीको मूल्य घटेको हो । ग्यासका सिलिण्डर खाली भएपछि भने हवाईजहाजबाट सुर्खेत पठाउने गरिएको छ । बजारमा अधिकांश होटेल व्यवसायीले ग्यासको प्रयोग गर्न थालेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 549

प्रतिक्रिया (०)

सम्बन्धित खबर