Aamsanchar

तुलसीपुरमा प्याराग्लाइडिङ सहितको अटो मोबाईल तथा म्युजिक फेस्टीबल हुने

Author Image
शनिवार, चैत ७, २०७७

दाङ  । तुलसीपुरमा प्याराग्लाइडिङ एण्ड अटो मोवाईल तथा सो म्युजिक फेस्टीबल २०७७÷०७८ हुने भएको छ । दाङको पयर्टकिय क्षेत्रको प्रवद्र्धनका लागि तुलसीपुरमा आगामी चैत्र २७ गतेदेखि २०७८ को बैशाख ६ गतेसम्म प्याराग्लाइडिङ एण्ड अटो मोवाईल तथा सो म्युजिक फेस्टीबल हुन लागेको हो ।

चन्द्र सुर्य यातायात प्रालिको आयोजनामा हुन लागेको फेस्टीबलमा तुलसीपुरमा प्याराग्लाइडिङको उडान गर्ने, अल्ट्रा लाइट एयरको उडान, हट एयर बेलुनको उडान सहित विभिन्न सांगितिक कार्यक्रम हुन लागेको फेष्टिबलका संयोजक शम्भु रेग्मीले जानकारी दिनुभयो ।

प्याराग्लाइडिङ, अल्ट्रा लाईट एयर फ्लाईट , हट एयर बेलुनमार्फत दाङसहित लुम्बिनी प्रदेशका पर्यटकिय क्षेत्रको अवलोकन गर्न सकिने उहाँले बताउनुभयो ।

पर्यटन प्रवद्र्धनलाई सहयोग पु¥याउने उद्देश्यले संचालन हुन लागेको मेलामा लुम्बिनी प्रदेशको पहिचान झल्कने वस्तुको प्रदर्शनी तथा बिक्रि, घरेलु उद्योगबाट उत्पादित वस्तु तथा स्थानीय हस्तकला काठ, बाँस एवं माटोबाट बनेका वस्तुको प्रदर्शनी तथा बिक्रि, कृषिजन्य वस्तुको प्रदर्शनी तथा बिक्रि, जडिबुटी प्रदर्शनी, विभिन्न आधुनिक उपकरणहरुको प्रदर्शनी तथा बिक्रि, अटो मोबाइल्स प्रदर्शनी हुने आयोजक चन्द्र सुर्य यातायात प्रालिका अध्यक्ष अरुणकुमार श्रेष्ठले जानकारी दिनुभयो

यस्तै मेलामा प्रदेश स्तरिय खुल्ला लोक दोहरी प्रतियोगिता पनि हुने साँस्कृतिक संयोजक प्रेमविवश घर्तीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका प्रतिभाहरुको उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता हुन लागेको हो । यसैबिच आयोजकले शनिबार पत्रकार सम्मेलन गरी तयारी शुरु भइसकेको जनाएको छ ।

गतवर्ष हुने भनिएको मेला कोरोना महामारीका कारण स्थगित भएपछि यसवर्ष लगाउने तयारी गरिएको हो । त्यस अवसरमा प्रदेश स्तरिय साइकल प्रतियोगिता हुने संयोजक पर्वत बस्नेतले जानकारी दिनुभयो । त्यसैगरी शोभायात्रा प्रतियोगिता पनि हुने संयोजक गोपिनाथ योगीले जानकारी दिनुभयो । त्यसैगरी प्रदेशस्तरिय एकल नृत्य प्रतियोगिता संचालन हुने संयोजक सनोद थापाले बताउनुभयो ।

साइकल प्रतियोगिता र लोक दोहरी प्रतियोगितामा प्रथम हुनेले समाना १ लाख, द्वितिय, तृतिय र सान्तोना हुनेले क्रमश ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने भएका छन् । त्यसैगरी एकल नृत्य प्रतियोगितामा ६० हजार, द्वितिय हुनेले ४० हजार, तृतिय हुनेले २० हजार र सान्तोना हुनेले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी शोभायात्रामा प्रथम,द्धितिय र तृतिय हुनेले क्रमश ः १५ हजार , १० हजार र ५ हजार प्राप्त गर्ने भएका छन् । मेला संचालपश्चात बचत भएको केहि प्रतिशत रकम शैक्षिक क्षेत्रमा लगाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर