Aamsanchar

पशुपतिनाथको मन्दिरमा आजदेखि दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने

Author Image
शुक्रवार, वैशाख १०, २०७८

काठमाडौं-पशुपतिनाथको मन्दिरमा आजदेखि दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पूजामा रोक लगाएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले आजदेखि लागु हुने गरी अर्को निर्णय नआउन्जेल भक्तजनले पूजा गर्न नपाउने बताए ।

उनले पशुपतिमा मुख्य मन्दिरको पूजाबाहेक अन्य सर्वसाधारणले पूजा गर्न नपाउने जानकारी दिए । सरकारले भीडभाड हुने क्षेत्रमा भीड नियन्त्रण गर्न अनुरोध गर्दै आएकाले कोषले पनि पूजामा रोक लगाएको सदस्य सचिव ढकालको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर