Aamsanchar

विश्व साहित्यमा २३ अप्रिल एउटा महत्वपूर्ण दिवस

Author Image
शुक्रवार, वैशाख १०, २०७८

सन् २०२१ मा कोरोना भाइरस संक्रमणको जोखिमबाट गुज्रिरहेको विश्वमा विश्व पुस्तक दिवसको नारा नै क्जबचभ ब कतयचथु अर्थात् ‘कथा बाँडौ’ भन्ने छ । कोभिड–१९ सँगै घरको पर्खालभित्र बस्नु परेको मानव समुदायको गज्जबको साथी भनेको पुस्तक र कथाहरु पनि हुन सक्छन् । आउँदा पुस्ताहरुलाई पनि कागजको स्नेहसँग हुर्काउन र पढ्ने र परिकल्पना गर्ने बानीसँग साक्षात्कार गर्न विश्व पुस्तक दिवसले पैरवी गर्छ ।

विश्व साहित्यमा २३ अप्रिल एउटा महत्वपूर्ण दिवस हो । सन् १६१६ मा आजकै दिन शेक्सपियर अनि गारसिलासो डेला भेगा जस्ता युगान्तकारी लेखक र साहित्यकारको मृत्यु भएको थियो ।

युनेस्कोले सन् १९९५ को आफ्नो साधारण सभाको वैठकमा अप्रिल २३ लाई विश्वभरिका लेखकलाई प्रेरित गर्न, लेखनलाई उत्साहित गर्न र लेखकहरुको सम्मानस्वरुप विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस प्रस्ताव र स्वीकृत गरेको हो ।

कार्यालय अनि अध्ययन संकायहरु अघिल्तिर हुल देखिन्छन्, मानिसहरुको । अनि हुलहरु सामाजिक दुरी कायम गर्दै मास्कभित्रका अनुहारहरुमा देखिन्छ । यस्तै हुल छ, विदेश जाने लाइनमा भएकाहरुको । कामकाजीहरु अनि अन्य धेरै जनाको । कागजपत्रको फोटोकपी गर्न र यो कपी अर्थात् फोटोकपीको सहजता सँगै बढ्दै गएको छ वैचारिक अनि शब्दांश चोरी गर्ने क्रम पनि ।

फेसबुकका स्ट्याटस, विचार, लेख, कथा, कविता अनि नाटक चोर्ने क्रम सामान्य भइसकेको छ । तर एउटा लेखकका हेतुले तिनै विचारहरु मन्थनका लागि हाम्रो दिमागी लगानी र ती विचारप्रतिको हाम्रो स्वामित्व कपी–पेष्ट र फोटोकपी गर्ने चलनले ह्रास आउँदै गएको छ । पुस्तकको दायरालाई फराकिलो पार्ने हो भने कागजी अभिब्यक्तिलाई पुस्तकका रुपमा लिन सकिन्छ । किनभने पुस्तकको मोटाई, गोलाई, रंंग अनि कागजको गुणस्तर भन्दा पनि त्यसमा लेखिएको शब्द, विचार, भावना, तथ्य, प्रतिबिम्बको महत्व बढी हुन्छ ।

स्मरण गरौं, विश्वमै सर्वाधिक बिक्री भएका पुस्तकहरु पनि एक समयमा सादा कागजका सेता र सरल पाण्डुलिपि मात्र हुन् । लेखन एउटा ऐतिहासिक ब्यवसाय र समाज सेवाको स्वरुप हो । समाज जागरणको शिलास्तम्भ हो । बाल्मिकीदेखि वेद ब्याससम्म, शेक्सपियरदेखि वर्डस वर्थसम्म, म्याक्सिम गोर्कीदेखि चेखभसम्मका लेखकले समाजलाई समाजकै ऐना देखाइ दिएका हुन् ।

नेपाली परिवेशका युगकवि मोतीराम भट्टलाई आज सम्झना गर्न चाह्यौ । जो विना आदिकवि भानुभक्तका धेरै कृतिहरु हामीसम्म आइपुग्ने नै थिएनन् । उनको निस्वार्थ भाव र लेखक या सर्जकप्रतिको सम्मानले नै भानुभक्त आज भानुभक्तका कृति हामीबीच छन् । सर्जकलाई श्रृजनाको अधिकार दिनु नै आजको दिनको उद्देश्य हो । मूलभूत रुपमा कागजी, वैचारिक र अभिब्यक्तिका कुराहरु आजका दिनले सम्बोधन गर्छ ।

शब्द किन्ने वा चोर्ने नभइकन शब्दको सम्मान गर्न सिक्नुपर्छ । शब्द त केवल भावनाको प्रतिरुप हो । भावनाको किनबेच अक्षम्य र असम्भवप्रायः छ । सबैजना पाठकलाई नमन गर्दै सर्जकलाई सम्मान गर्छ, हाम्रो पात्रोले आजको दिन ।

कसैको विचार उद्धृत गरेर लेख्दैमा हामी साना हुँदैनौ । त्यसमाथि विश्व साहित्यका विभिन्न कृतिहरुलाई अनुवाद गर्दै आ–आफ्ना भाषामा उतार्न पनि एउटा कला हो ।
लेखकलाई साभार गर्दै अनुवाद गर्नुभन्दा पनि सोझै आफ्नै नाममा सर्जकको खाता खोल्नु चाहिँ अनुचित हो । र, अनि गैरकानुनी पनि । प्रतिलिपि अधिकार र विश्व पुस्तक दिवसले यिनै तथ्य र कानुनलाई याद गराउँछ ।

आजको दिन त्रिपक्षीय रुपमा दायित्व बोध गर्दै मनाइन्छ, प्रकाशक, बिक्रीकर्ता र पुस्तकालयहरु । यिनै तीन पक्षहरु नै मूलभूत रुपमा पुस्तक र पाठकबीचका सेतू हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 478

प्रतिक्रिया (०)

सम्बन्धित खबर