Aamsanchar

नेपालमा हात्तीको अवस्था

Author Image
आइतवार, वैशाख २६, २०७८

कोशी टप्पु बन्यजन्तु आरक्षण क्षेत्रमा हात्ती चराउदै माउते ।  एशियन प्रजाती हात्तीहरु नेपालको तराई क्षेत्र मा पाईनछन् र नेपालको २२ जिल्लामा रहेको अनुमान गरिएको छ। ति हात्तीहरु बर्डिया, चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पू, पर्सा र शुक्ला फन्टा राष्ट्रिय निकुञ्जमा छन्। नेपालमा दुई दशकअघि मुस्किलले ३० देखि ४० वटा हात्ती रहेको अनुमान गरिएको थियो भने हाल जङ्गली हात्तीको सङ्ख्या मात्र नेपालमा कम्तीमा १७५ पुगेको बताइन्छ । घर पालुवा हात्तीको सङ्ख्या २१४ भन्दा बढी रहेको छ । नेपालका हात्तीबारे विद्यावारिधि गर्नुभएका डा। बाबुराम यादवका अनुसार विसं २०४७ सालमा बर्दिया राष्ट्रिय निकुञ्जमा तीन वटा हात्ती देखिएका थिए, हाल त्यस क्षेत्रमा ३० देखि ४० वटा हात्ती देखिन थालेका छन् । केही वर्षपहिले कहिलेकाहीँ भारतको दुधुवा नेसनल पार्कबाट विचरण गर्न आएका हात्ती मौसमी रूपमा देखिने गरेका शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पनि हाल कम्तीमा २०–२२ वटा हात्ती बाह्रैमास देखिन थालेका छन् ।

नेपालमा झापा र उदयपुरको त्रियुगासम्मको क्षेत्र, पर्सादेखि चितवन राष्ट्रिय निकुञ्जसम्मको क्षेत्र, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्र र शुक्लाफाँटा क्षेत्रमा विभाजन गरेर अध्ययन गरिएको पाइन्छ । हात्ती विशेषज्ञ डा। यादवले भन्नुभयो, पर्सा वन्यजन्तु आरक्ष हात्तीले सबैभन्दा बढी समय विचरण गर्ने स्थान हो भने पछिल्लो समयमा बासस्थान सुधार भएकोले हात्तीको सङ्ख्या बढ्न सक्ने क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज देखिएका छन् ।

सबैभन्दा बढी हात्ती भएको क्षेत्र चितवन हो । यहाँ जङ्गली हात्ती मात्र होइन, व्यावसायिक रूपमा प्रयोग गर्न घरपालुवा हात्ती पनि धेरै छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर