Aamsanchar

२ का गुणनखण्ड बेहुलाले नजान्दा बेहुलीले गरिन् बिहे नै रद्द

Author Image
आइतवार, जेठ २, २०७८

दुनियाँमा कहिल्यै बेहुला वा बेहुलीले जोड, घटाउ, गुणन वा भागाको हिसाब नजानेको विषयले बिहे नै रद्द भएको सुन्नुभएको छ ? शायद यस्तो दुनियाँमा अन्त कहीं हुन्न होला । तर हाम्रो छिमेकी मुलुक भारतमा भने यस्तै घटना भएको छ । वास्तवमा जीवनसाथी छान्नका लागि हुनेवाला जीवनसाथीका निश्चित क्षमता वा दक्षता जसले पनि हेर्दछ । त्यसमध्ये शैक्षिक स्तर एउटा महत्वपूर्ण मापदण्ड हो ।

कतिपयले बिहे टुंगो लागिसक्दा समेत आफ्नो वास्तविक शैक्षिक योग्यता लुकाउने गर्दछन् । आफ्नो पति वा पत्नीसँग आफ्नो शैक्षिक योग्यता लुकाएर लुक्ने कुरा कहाँ पो हो र रु एकदिन खुलासा भैहाल्छ भन्नेपनि हेक्का हुँदैन कतिपयलाई । भारतको उत्तर प्रदेशस्थित माहोबामा हालै एउटा यस्तै घटना भयो । आफ्नो हुनेवाला पतिले सबैभन्दा सजिलो गुणनखण्ड अर्थात् २ का दुनाहरु नजानेपछि एक युवतीले बिहे नै रद्द गरिदिएकी छिन् ।

समाचार अनुसार बिहेको मण्डपमा पुगिसकेपछि बिहे संस्कार सुरु हुनु अगाडि बेहुलीले बेहुलाको परीक्षा लिने निधो गरिन् । त्यसपछि उनले आफ्नो हुनेवाला पतिलाई २ का दुना भन्न लगाइन् । तर बेहुलालाई २ का दुना फरर्र भन्न आएन । हुनेवाला लोग्नेलाई दुईका गुणनखण्ड समेत नआएको देखेपछि उनले बिहे नगर्ने निधो गरिन् र बिहे रद्द भएको भन्दै त्यहाँबाट निस्किइन् ।

प्रहरीका अनुसार उक्त बिहे मागी विवाह थियो । विवाह मण्डपमा बेहुलीले बेहुलाको परीक्षा लिएर विहे रद्दको घोषणा गरेर हिंडेपछि त्यहाँ उपस्थित सबै पाहुनाहरु तिनछक्क परे । बेहुलीका परिवारजनले उनलाई सम्झाउने कोशिश गरे तर उनले मानिनन् । आधारभूत शैक्षिक योग्यता पनि नभएको मानिससँग आफूले बिहे नगर्ने उनले बताइन् ।

बेहुलीको भतिजले जनाए अनुसार बेहुला पक्षले बेहुलाको शैक्षिक योग्यताको विषय ढाँटेको थियो । वास्तवमा बेहुला निरक्षर रहेछ अर्थात् स्कुल नै गएको रहेनछ । सामाजिक रुढिवादी संस्कार र भविष्यमा हुनसक्ने आलोचनालाई बेवास्ता गर्दै ती युवतीले लिएको निर्णयको सामाजिक सञ्जालमा समेत निकै प्रशंसा भएको छ । अन्ततः बेहुलीको घोषणा अनुसार नै दुवै पक्षले समझदारीमा बिहे रद्द गर्ने निर्णय गरे । एकले अर्को पक्षलाई दिएका उपहार लगायतका वस्तुहरु समेत फिर्ता गर्ने समझदारी भएसँगै प्रहरीले यस विषयमा कुनै मुद्दा दायर नगरेको बताइएको छ ।

–टाइम्सनाउ न्यूजबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 312

प्रतिक्रिया (०)

सम्बन्धित खबर