Aamsanchar

प्रेस क्लब मेचीनगरद्वारा नगरभित्रका सञ्चार गृहको अवस्थाका बारेमा जानकारी लिदैं मास्क वितरण

Author Image
बुधवार, जेठ ५, २०७८

मेचीनगर । प्रेस क्लब मेचीनगरले बुधबार नगरभित्रबाट सञ्चालनमा आएका सवै सञ्चार माध्यम र सञ्चार गृहमा पुगेर सम्पादक प्रकाशकहरुसँग भेटी कोभिड १९ को बखत सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाका बारेमा जानकारी लिएको छ । अहिलेको विषम परिस्थितीमा नगरबाट प्रकाशन प्रशारण हुने सञ्चारमाध्यमहरुको अवस्था दयनिय रहेकाले स्थानीय सरकार मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य,उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझालाई भेटेर ती सञ्चारमाध्यमहरुलाई लोककल्याणकारी विज्ञापन वापतको रकम उपलब्ध गराईदिन क्लबले आग्रह गरेको थियो । क्लबका निवर्तमान अध्यक्ष मुक्ति पौडेलले स्थानीय सरकारलाई मापदण्ड पुगेका सवै सञ्चारमाध्यमहरुलाई रकम उपलब्ध गराईदिन आग्रह गर्नुभएको क्लबका सचिव जिआर धितालले जानकारी दिनुभयो ।

क्लबको आग्रहप्रति नगरपालिका सकरात्मक रहेको र प्रक्रिया पुर्याएर रकम उपलब्ध गराउने आश्वसन नगरप्रमुख आचार्यले दिनुभयो । उपप्रमुख मीना पोखरेल उप्रेतीले आगामी आर्थिक वर्षबाट नगरबाट बाट प्रकाशन प्रशारण हुने सञ्चारमाध्यमहरुका लागि वार्षिकरुपमा बजेट विनियोजन गर्ने विचार राख्नुभयो । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य एवम् झापा शाखाका पूर्व अध्यक्ष मोहन काजी न्यौपानेलगायतले यस्तो परिस्थितीमा सञ्चारमाध्यमका बारेमा विचार गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभएको थियो ।

नगरभित्रबाट प्रकाशन प्रशारण हुने सञ्चारमाध्यमहरुमा मास्क वितरण अभियानका क्रममा हरेक सञ्चारगृहमा पुगेर त्यसका सम्पादक प्रकाश र प्रतिनिधिहरुसँग क्लबले संक्षिप्त कुराकानी गरेको सचिव धितालले जानकारी दिनुभयो । अभियानका क्रममा नगरभित्रबाट प्रकाशन प्रशारण हुने दैनिक पत्रिका, साप्ताहि पत्रिका, अनलाईन खवर र रेडियोहरुमा पुगेर क्लबले सर्जिकल र अन्य मास्कको तुलनामा निक्कै गुणस्तरीय थ्री वी ओ ५५ र ५२ वटाको दरले मास्क वितरण गरेको उपाध्यक्ष शिशिर चौलागाईँले बताउनुभयो । उहाँका अनुसार लोकतन्त्र दैनिकका सम्पादक मोहन काजी, जन—संसद् दैनिकका सम्पादक मुक्ति पौडेल, सेतोपत्र अनलाईनका सम्पादक ज्ञानेन्द्र निरौला, चौतारी पोस्टका सम्पादक जी एन शर्मा, एफएम मेची ट्यून्सका प्रवन्ध निर्देशक प्रज्वल घिमिरे, मेरो मेचीनगर अनलाइनका प्रवन्ध निर्देशक सुजन प्रधान, खवरमञ्च अनलाइनका प्रकाशक सम्पादक प्रकाश पौडेल,छड्के अनुसन्धान साप्ताहिक पत्रिकाकाप्रतिनिधि विमर्श उप्रेती, रेडियो सरगम र रेडियो साथीका प्रतिनिधिहरुलाई क्लबका अध्यक्ष लक्ष्मी उप्रेती, उपाध्यक्ष शिशिर चौलागाईँ सचिव जिआर धितालसहितको टोलीले सर्जिकल र थ्री वी ओ ५५ र ५२ वटाको दरले मास्क वितरण गरेको हो ।

यसैगरी रातो पोस्ट दैनिकका प्रकाश सम्पादक दिलीप थापा, मेची आवाज साप्ताहिका प्रकाश सम्पादक डम्वर वराल, हाम्रो खवरपाटी अनलाइनका सञ्चालक ,प्रधान सम्पादक युवराज आचार्यलाई क्लबका निवर्तमान अध्यक्ष मुक्ति पौडेल, पुर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य एवम् झापा शाखाका पूर्व अध्यक्ष मोहन काजी न्यौपानेले मास्क प्रदान गर्नुभएको थियो । यसैगरी, पत्रकारहरु राजु अधिकारी, सन्तोष आचार्य र पर्वत पोर्तेलको घर घरमा पुगेर उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिदैं मास्क प्रदान गरेको सचिव धितालले जानकारी दिनुभयो ।

क्लबले बुधबार नै इलाका प्रहरी कार्यालय धुलावारी अन्तर्गतको धुलावारीमोड प्रहरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टा अन्तर्गतको इटाभट्टामा रहेको प्रहरी विटमा रहेका सुरक्षाकर्मीहरुका लागि ५०/५० वटाका दरले सर्जिकल मास्क वितरण गरेको छ । यसअघि क्लबले प्रहरी हिरासतमा रहेका थुनुवा र सुरक्षाकर्मीहरुलाई मंगलबार मास्क वितरण गरेको थियो । विर्तामोड राउण्ड टेवल शाखा २७ र मेची अभियानसँगको सहकार्य र सहयोगमा क्लबले सञ्चार गृह, सुरक्षाकर्मी हिरासतमा रहेका थुनुवाहरुलाई मास्क वितरण गरेको क्लबले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)