Aamsanchar

संखुवासभामा पहिलो पटक कोरोना भाइरसबाट मृत्यु

Author Image
शुक्रवार, जेठ ७, २०७८

संखुवासभा –संखुवासभामा पहिलो पटक कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका–५ का ७० वर्षीय भाङविर तामाङ र खाँदबारी नगरपालिका–१ का ६२ वर्षीय हित कुमार नालामी रहेको जिल्ला अस्पताल संखुवासभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिइन्। ज्वरो आएर उपचार गर्न जिल्ला अस्पताल संखुवासभा आइपुगेका सिलिचोङ–५ का ७० वर्षीय तामाङलाई पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पतालको आइसोलेसनमा तुम्लिङटारमा गत जेठ १ गते भर्ना गरिएको थियो।

तामाङको शुक्रबार दिउँसो मृत्यु भएको प्रवक्ता पौडेलले बताइन्। त्यसैगरी कोशी अञ्चल अस्पतालको कोभिड अस्पताल आईसियूमा उपचारत खाँदबारी नगरपालिका –१ का ६२ वर्षीय हितकुमारको पनि शुक्रबार दिउँसो मृत्यु भएको छ। सोमबार कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बस्दै आएका हितकुमारलाई स्वासप्रस्वासमा समस्या देखिएपछि बुधबार थप उपचारका लागि हेलिकप्टरबाट कोभिड अस्पताल विराटनगर लगिएको थियो।

संक्रमितको शव ब्यवस्थापन नेपाली सेनाले गर्ने जिल्ला अस्पताल संखुवासभाले जनाएको छ। संखुवासभामा हालसम्म चारसय ९० जना कोरोना संक्रमित पुगेका छन्। गएको २४ घण्टामा ४९ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिए। जिल्लामा संस्थागत आइसोलेशनमा ५८ जना र होम आइसोलेशनमा २७४ जना संक्रमित रहेका छन्। उपचारपछि एकसय ३७ जना निको भएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर