Aamsanchar

कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या आज पनि धेरै

Author Image
बिहिवार, जेठ १३, २०७८

काठमाण्डौ – आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार नौ सय ३९ जना सङ्क्रमित थपिँदा सात हजार दुई सय २६ जना निको भएका छन् । आज निको हुने सात हजार दुई सय २६ जनासँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख १८ हजार आठ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २० हजार चार सय १४ जनाको पीसीआर परीक्षण गर्दा ६ हजार सात सय ३१ जना र पाँच सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय आठ जना गरी ६ हजार नौ सय ३९ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख ४२ हजार दुई सय ५६ पुगेको छ ।

यस्तै थप एक सय ६ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नौ सय ५१ पुगेको छ । अहिले नेपालमा एक लाख १६ हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर