Aamsanchar
Adv top
Adv below_nav

लारुम्बा र सत्यहाङमा (फोटो फिचर सहित)


किरात धर्म सभ्यताको प्रवर्धन र संरक्षण क्षेत्रको रुपमा देश विदेशमा परिचित स्थल हो लारुम्बा । इलाम जिल्लाको बाँझो गाउँपालिकामा अवस्थित छ धार्मिक पर्यटकीय स्थल लारुम्बा माङ हिम । २०३५ सालमा इभाङबाट गुरु आत्मानन्द लिङदेन लारुम्बा गएर बसेपछि लारुम्बा धार्मिक स्थलको रूपमा विकास भएको हो । आत्मानन्द फाल्गुनन्दका जेठा दाजुको जेठा छोराका छोरा हुन् । अहिले किराँत समुदायको धार्मिक ग्रन्थ मुन्धुम अध्ययन स्थलको रूपमा समेत लारुम्बा विकास हुँदैछ । बर्षको १२ महिनै चिसो बतासे हावा चल्ने भएकालागि यो ठाउँमा मन मस्तिज र शरिर आनन्दित बन्ने भएकाले यस ठाउँमा दैनिक ध्यान, जप, आरधना र साधनामा लाग्नेहरु धेरै छन् । छोटो समय बनाएर त्यहाँ पुग्नेहरु त्याहाँको प्राकृतिक बनावट र शुन्दतामा मोहित बनेर समय वितेको पत्तै पाउदैनन् ।

लारुम्बा सम्ववत देशैमै एक फरक विशेस्ता रहेको ठाउँ पनि हो । धार्मिकक्षेत्र नजिकै रहेको गाउँ बस्तीमा बसोवास गर्नेहरु माङ हिम धार्मिक क्षेत्रलाई पवित्र बनाउन र आफूहरु पनि धर्म संगै सुसंस्कार मा रहने गरेका छन् । सजिलो भाषामा भन्नु पर्दा स्थानियहरु  अहिंसावादी, शुद्ध शाहाकारी छन् । मांशाहार निषेध गरिएको हुनाले यस स्थानलाई शाकाहारी गाउँको नामले पनि चिनिन्छ । त्यस्तै यहाँ कसैले पनि धूम–मध्यपान गर्दैनन् । ०६६ सालदेखि त्यस्ता वस्तु निषेध गरिएको हो । यस स्थानमा बसोबास गर्ने कसैले मासु, जाड–रक्सी, सुर्ती–चुरोट प्रयोग गर्दैनन् । गुठ्खा, जन्य बस्तु खान मनाही छ । काटमार गर्न पनि पाइँदैन । तोकिएको क्षेत्रभित्र बेचबिखन पनि हुँदैन । सो क्षेत्रको आफ्नै नियम र आचार–संहिता रहेको छ । हिंसा नगर्ने, जीव हत्या गरेर पूजा नगर्ने, छोरी–चेलीको रुपौली–सुनौली नखाने, झुट नबोल्ने, चोरी सिकार नगर्ने लगायतका सामाजिक विषयहरु लाई आचार संहितामा समेटिएको छ । किराँत धर्मगुरु फाल्गुनन्दको सत्यहाङमाको अनुशरण गर्दै जाँदा गाउँ यस्तो बनेको स्थानीयहरु बताउँछन् ।

१९४२ सालमा इलामको इभाङमा जन्मिएका फाल्गुनन्दले किरातीलाई सत्मार्गमा ल्याउनका लागि सत्यहाङमाको धारणा अघि सारेका थिए । किरात समुदायमा रहेको विसंगति–विकृति हटाउन फाल्गुनन्दले बनाएको आचार–संहितालाई सत्यहाङमा भनिन्छ । उनले १९८८ सालमा तत्कालीन दश लिम्बुवानका अगुवालाई भेला गरेर पाँचथरको लब्रेकुटीमा सत्यहाङमा मुचुल्का बनाएका थिए ।

लारुम्बाका एक हजार एक सय परिवारले फाल्गुनन्दको सत्यहाङमा अनुशरण गरिरहेका छन् । लिम्बूहरूको बाक्लो बस्ती भएको लारुम्बामा राई, मगर गुरुङ, नेवार, दलित र ब्राह्मण समुदायको पनि बसोबास छ । साढे पाँच किलोमिटरको परिधिमा रहेको लारुम्बा किराँतीको धार्मिकस्थल पनि हो । त्यहाँका किरातीले अहिले आत्मनन्द लिङदेनलाई धर्मगुरुका रूपमा मानेका छन् ।

बिक्रम सम्बत २०३५ साल देखी माङ्हिमको रूपमा रहेको लारुम्बा किरात जातिको लागि मात्र नभएर राष्ट्रको लागिनै महत्वपूर्ण धार्मिक र पर्यटकिय क्षेत्र बनेको छ । किरात धर्म गुरु आत्मनन्द लिङ्देन र गुरुमा पवित्रहाङ्मा सावा लिङ्देनको आश्रय रहेको छ । सो स्थलमा हरेक वर्ष कार्तिक २५ मङ्सिर १८ र माघ ५ गतेका दिनहरूमा विशेष गरेर नेपाल, भुटान, भारत, बर्मा, लगायतका मुलुकहरूबाट लाखौको सख्यामा किरात धर्मलम्बिहरु आउने गर्दछन । ति दिनहरूमा किरात परम्परा अनुसार धार्मिक प्रबचन्, अनुस्ठान, लगायत विभिन्न धार्मिक कार्यक्रमहरूको आयोजना गरिन्छ । धार्मिक स्थल लारुम्बा पुग्ने धर्मलम्बिहरु त्यहाँ रहेको माङहिममा तन मन बचनले भक्ती गर्दछ्न ।

वारीपरी पहाडले घेरिएको र तलतिर तराइका हरियाली फाटहरु द्रिश्यालोकन गर्न सकिने लारुम्बा धार्मिक दृष्टिकोणले जती महत्त्वको छ पर्यटकिय स्थलको रूपमापनी उतिकै महत्त्वपूर्ण छ । ईलामका पर्यटकियस्थलहरु मान्मालुङ्, मिक्लाजुङ, रबिबजार, चुलचुली जस्ता पर्यटकिय स्थलहरूको साथमा रहेको लारुम्बा पर्यटकको लागि पनि महत्त्वपूर्ण स्थल बनेको छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।