Aamsanchar

‘हिन्दी फिल्म खेल्न डर लाग्थ्यो’

Author Image
आइतवार, जेठ १६, २०७८

दक्षिण भारतीय अभिनेत्री सामन्था अक्केनेनीले भारतीय चलचित्र उद्योग (बलिउड) मा काम गर्न डर लाग्ने गरेको बताएकी छन्। हालै एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा सामन्थाले आफूभित्रको डरकै कारण लामो समयसम्म बलिउडमा पाइला राख्ने हिम्मत नगरेको बताएकी छन्।

अन्तर्वार्ताका क्रममा उनलाई हिन्दी चलचित्रमा काम गर्न किन यत्रो समय लाग्यो भनेर प्रश्न सोधिएको थियो। उनले मुस्कुराउँदै ‘सायद मेरो मनमा डर थियो। बलिउडका कलाकार निकै प्रतिभाशाली छन्। त्यसैले पनि हिम्मत जुटाउन नसकेको होला’, भन्ने जवाफ दिएकी थिइन्।

तेलुगु र तमिल चलचित्र क्षेत्रमा चिनिएकी अभिनेत्री सामन्था पहिलो पटक बलिउड चलचित्र ‘फेमिली मेन २’ मा देखिँदै छिन्। सामन्थाले पहिलो पटक काम गरेको बलिउडको यो चलचित्रको केही दिनअघि ट्रेलर सार्वजनिक भएको थियो।

ट्रेलरमा सामन्था तमिल विद्रोहीको भूमिकामा देखिएकी छन्। यस चलचित्रमा मनोज बाजपेयी मुख्य भूमिकामा छन्।

यही चलचित्रको प्रचारप्रसारमा जुटेकी उनलाई थुप्रै बलिउड चलचित्रबाट अफर आइरहेको जनाएकी छन्। उनले भाषिक समस्याका कारण हिन्दी चलचित्रमा काम गर्ने हिम्मत जुटाउन नसकेको सुनाइन्।

अभिनेत्री सामन्थाले सन् २०१० बाट अभिनय यात्रा थालेकी हुन्। उनले बलिउड अभिनेता रणवीर कपुर मनपर्ने बताउँदै उनीसँग अनस्क्रिन रोमान्स गर्ने चाहना रहेको बताएकी छन्। गत वर्ष उनलेले नागा चैतन्यसँग विवाह गरेकी थिइन्।

चैतन्यले फेमिली मेन–२ को ट्रेलर हेरेपछि सामन्थाको प्रशंसा गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा ‘लभ इट’ भनेर लेखेका थिए। उनले चलचित्रलाई १० मा १० नै अंक दिएका थिए। यसैगरी बलिउड अभिनेत्री कंगना रनौटले पनि सामन्थाको अभियनको प्रशंसा गरेकी छिन्। यो चलचित्र यही जुन ४ मा रिलिज हुँदैछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर