Aamsanchar

‘स्मरण रहोस्, संसारभरिका धेरै जसो ठूला–ठूला सुर्तीजन्य व्यवसायहरु औंलामा गन्न सकिने केही मात्र उद्योगपतिहरुको नियन्त्रणमा छ’

Author Image
सोमवार, जेठ १७, २०७८

के तपाईंलाई थाहा छ ?  हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ ।

युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदिजस्ता थुप्रै मृत्युका कारणलाई लगभग दोब्बर पार्दा पनि सुर्तीजन्य पदार्थका कारणले हुने मृत्युको सख्या भन्दा धेरै हुन सक्दैन । स्मरण रहोस्, संसारभरिका धेरै जसो ठूला–ठूला सुर्तीजन्य व्यवसायहरु औंलामा गन्न सकिने केही मात्र उद्योगपतिहरुको नियन्त्रणमा छ ।

सर्लक्क चुरोट सल्काएर मुखमा ठुटो राखेर धुँवा उडाएपछि हामी सोच्छौ कि ‘वाह म त हिरो या हिरोइन भए ।’ यो नै मेरो स्वतन्त्रता हो, म गज्जबले सोच्न सक्छु।

चलचित्र, गीत, टिभी अनि अन्य सञ्चारका साधनले पनि नजान्ने तरिकाले हामीलाई यस्ता पदार्थको सेवन गर्न सिकाएको छ, सदैव यसले केही न केही मात्रामा असंख्य जमातलाई उत्सुक बनाएको छ ।

स्क्रिनमा ठूलो हातमा प्रष्ट देखिने चुरोटका ठुटाहरु अनि धुँवाका मुस्लोसँगै अभिनय गर्ने पात्रका आनन्ददायी भावहरुले हामीलाई यत्ति नजिक तानिदिन्छ कि स्क्रिनको मुनि सानो अक्षरमा ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ’ लेखेका सन्देश देखेर पनि धमिलो लाग्न थाल्छ ।

पुराना सामाजिक मान्यताले यस्ता पदार्थको सेवनलाई नराम्रो र अराजक कुराका रुपमा ब्याख्या गरेको पाइन्छ । तर हरेक नराम्रो लत जस्तै धुम्रपान अनि अन्य सुर्तीजन्य पदार्थको लतपनि नराम्रो लत हो । जसबाट छुटकरा पाउन सेवन गर्ने ब्यक्तिलाई स्व–आत्मबलको साथै हामी सबैको विश्वास अनि साथ चाहिन्छ न कि अवहेलना ।

पुरानो लत आजको भोलि नै छाड्न पक्कै अफ्ठेरो हुनसक्छ । तर बिस्तारै यो लतबाट आफूलाई छुटाउन गरिने कसरतहरु महत्वपूर्ण हुन्छ । विश्वभरिका अधिकांश धुम्रपान गर्ने व्यक्तिहरु साथीभाईको लहीलहीमा लागेर सानै उमेरमा अम्मली बन्न पुग्छन् ।

यसअर्थमा आउँदा पुस्ताहरुमा साथीहरुलाई नराम्रा कुराको प्रस्तावमा कसरी नाई भन्ने जस्ता कुराहरु पनि सिकाउनु आवश्यक छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो अनि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनले हिरो हैन पक्कै जिरो बनाउँछ भन्ने कुराहरु बुझाउन जरुरी छ ।

सुस्तरी यसको लत छुटाउन दिनँहुको सेवनमा कम गर्ने, सकारात्मक कुरातर्फ ध्यान लगाउने, दैनिक ब्यायाम अनि चिन्तनको शुद्धताका साथै खानपीनको उचित तजबिजले यो बानी छुटाउन सकिने अध्ययनहरुले देखाएको छ ।

चुरोट, सुर्ती, गुटखाको प्याकेटमै यसको सेवनले बिग्रिएका फोक्सो, कलेजो अनि क्यान्सरका कारण क्षतिग्रस्त मानव मुहारका चित्र राखेर खरिदकर्तालाई दुरुत्साहित पार्ने गरिन्छ । नेपाल तुलनात्मक रुपमा विश्वमै सुर्तीजन्य पदार्थ सहज देश पनि हो । अन्य देशका तुलनामा यहाँ यसको सेवन गर्नेलाई कडा कानुन अनि प्रावधानको कार्यान्वयन फितलो छ ।

पछिल्लो समयमा सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही गर्ने प्रावधान आएपनि यसको प्रभावकारी नियमन र कार्यान्वयनमा कुनै प्रतिफल प्राप्त हुन सकेको छैन । धुम्रपानप्रति समाजको दृष्टिकोण पनि त समान छैन । जस्तै कि चुरोटलाई प्रतिष्ठित अनुहार र मान्छेले सेवन गरे रवाफ हुन्छ । जसले गर्दा नयाँ पुस्ताहरु धुम्रपानतर्फ आकर्षित हुन्छन् । जुन मानव सिकाइको मनस्थिति अनुसार स्वभाविक नै हो ।

चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वका लागि ठूलो चुनौती हो । कागजको पानाभित्र भरिएको सुर्तीको कसबाट निस्किने निकोटिनको यो लतबाट संसारबासीलाई जोगाउन हरेक वर्ष मे ३१ गतेका दिन संसारले सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ ।

सन् २०२१ को विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको नारा भएको छ, ऋयmmष्त तय त्तगष्त छ ।

नेपालले सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी सदस्य राष्ट्र बनिसकेको छ । नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो । उक्त महासन्धिको सदस्य राष्ट्र भएसँगै महासन्धिका प्रावधान पनि कानुन सरह लागू हुने व्यवस्था छ ।

सुर्तीजन्य पदार्थको सेवनले फोक्सोको क्यान्सर घातक रोग, खोकी, उच्च रक्तचाप हुँदै हृदयघातसम्म शिकार बन्नुपर्छ । आफ्नै पैसा खर्चदै त्यति खतरानाक रोग आफ्नो शरीरमा भित्र्याउनु हुन्न ।

सारा विश्व नै श्वास–प्रश्वासको समस्या लिएर आउने कोरोना भाइरस संक्रमणसँग जुधिरहेको यस वर्षमा सुर्तीजन्य पदार्थ विरुद्धको अभियानको अलग्गै महत्व छ । यसै कारणले यस वर्षको नाराले सुर्तीजन्य पदार्थ त्याग्न ‘प्रतिवद्धता’को माग गरेको छ ।

भावना, स्वास्थ अनि जीवनको धारलाई जीवनदेखि मृत्युसम्म कायम राख्ने अविचलित अङ्ग संयन्त्र मुटुलाई सुर्तीजन्य पर्दाथको सेवनले थप भार नदियौं । स्वास्थ नै सम्पत्ति हो । हैन र रु

चुरोट, गुटखा, सुर्ती छाड्न चाहनेलाई सहयोग पनि गर्नु हाम्रो दायित्व हो । सफा फोक्सो,मुख, स्वस्थ्य मुटु अनि सुन्दर भविष्य, एस–ट्रे भन्दा पनि गमला अनि फूलको बिक्री बढोस् आउँदा दिनहरुमा । सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको मर्यादा राखौ है त १ स्वस्थ्य जीवनको कामना १११

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर