Aamsanchar

प्रदेश १ कोरोना अपडेट

Author Image
सोमवार, जेठ १७, २०७८

विराटनगर । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४५ महिला र ५४८ पुरुष रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा आज ६९७ जना कोराना संक्रमित थपिएका छन् । मोरङमा २५०, झापामा १८०, सुनसरीमा १६३, ते¥हथुममा २५, खोटाङमा २३, धनकुटामा २१, उदयपुरमा ७, इलाममा ६, भोजपुरमा ३, पाँचथर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५१ महिला र ९३ पुरुष सहित १४४, सुन्दरहरैचामा ३०, उर्लाबारीमा १८, केराबारी र रतुवामाईमा १५–१५, बेलबारीमा १४, पथरीशनिश्चरे र बुढीगंगामा ३–३, मिक्लाजुङमा २, कटहरी, लेटाङ, जहदा, ग्रामथान, रंगेली र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा ३९, मेचीनगरमा ३४, हल्दिबारीमा २२, दमकमा २०, अर्जुनधारामा १८, विर्तामोडमा १३, शिवसताक्षीमा १०, कमल गाउँपालिकामा ४, कचनकवल, बा¥हदशी र गौरीगञ्जमा ३–३, बुद्धशान्ति र कनकाईमा २–२ र स्थानीय तह नखुलेका ७, सुनसरीको इनरुवामा ७९, इटहरीमा ४३, धरानमा २५, दुहवीमा ५, रामधुनीमा ४, गढीमा ३, कोशी गाउँपालिका, देवानगञ्ज, बराहक्षेत्र र भोक्राहानरसिंहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि ते¥हथुमको म्याङलुङमा २५, खोटाङको हलेसी तुवाचुङमा २३, धनकुटाको धनकुटा नगरपालिकमा १३, पाख्रिवासमा ३, शहिदभूमी र स्थानीय तह नखुलेका २–२, महालक्ष्मीमा १, उदयपुरको रौतामाईमा २, त्रियुगामा १ र स्थानीय तह नखुलेका ४, इलामको इलाम नगरपालिकामा ५ र चुलाचुलीमा १, भोजपुरको भोजपुर नगरपालिकामा ३, पाँचथरको फिदिम र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५८ हजार ७९ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ६२२ पुगेको छ । प्रदेश १ मा आज १ हजार ७०६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २७७ महिला र ४२० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)