Aamsanchar

अर्जुनधाराका चार वटा बाटोका केन्द्र सरकारद्वारा बजेट विनियोजन

Author Image
सोमवार, जेठ १७, २०७८

अर्जुनधारा । झापाको अर्जुनधारमा यस बर्ष चार वटा बाटो निर्माणको लागि  सरकारले नयाँ बजेटमा सम्वोदन गरेको छ । आगामी बर्षको बजेटमा  अर्जुनधारा नगरका विभिन्न बाटोहरु कालोपत्रे तथा मर्मत सम्भार हुने भएको हो ।

नगरले प्रार्थमिकतामा राखेको बुट्टावारी चोकदेखि सालवारी स्कुल हुँदै कालिस्थान जोड्ने र मंगलमणि मार्ग हुँदै धाइजन जाने बाटो जोड्नका लागि ३–३ करोड बजेट विनियोजन हुने भएको नगरप्रमुख हरिकुमार रानाले बताए । त्यस्तै बिर्तामोड वस पार्क, चाम्लिङटोल, सुवासचोक हुँदै सहरेडाँगी र मिलडाँडा दक्षिण देउनिया टोल, जुनकिरी स्कुल हुँदै लाहुरेटोलका लागि ५० लाखका दरले स्तर उन्नती तथा कालोपत्रे गर्नका लागि सरकारले बजेट विनियोजन गरेको नगर प्रमुख रानाले आमसंचारलाई बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर