Aamsanchar

झापाको भद्रपुरमा एक जनप्रतिनिधिको कोरोना सङ्क्रमणबाट मृत्यु

Author Image
बुधवार, जेठ १९, २०७८

झापा भद्रपुर नगरपालिकामा एक जनप्रतिनिधिको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ८ निवासी ५२ वर्षीय इन्द्रसिंह राजवंशी रहेको नगरपालिकाका स्वास्थ्य फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए ।  राजवंशी भद्रपुर ८ नम्बर वडाका सदस्य हुन् । उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । 

ज्वरो र रुघाखोकी लगाएपछि राजवंशी आफै जेठ ७ गते कोरोनाको पीसीआर परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर गएका थिए ।जेठ ९ गते आएको रिपोर्टमा पीसीआर पोजेटिभ देखिएको थियो । त्यसपछि उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल भर्ना गरिएको थियो ।

 सुरुमा सामान्य वार्डमा उपचाररत राजवंशीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई आइसियुमा राखेर उपचार थालिएको थियो । उनको सोही अस्पतालमा बुधवार दिउँसो २ बजेर ३५ मिनेटमा मृत्यु भएको स्वास्थ्य फोकल पर्सन भट्टराईले जानकारी दिए । कोरोनाबाट भद्रपुरमा पहिलो पटक जनप्रतिनिधिको मृत्यु भएको हो । योसँगै दोस्रो लहरको नयाँ भेरिएन्टबाट भद्रपुरमा हालसम्म १७ जनाको मृत्यु भइसकेको जनाइएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर