Aamsanchar

बिग्रिएर रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा सैनिक जवानको मृत्यु

Author Image
शनिवार, जेठ २२, २०७८

धनुषा । धनुषाको पोर्ताहामा बिग्रिएर रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक सैनिक जवानको मृत्यु भएको छ । शुक्रबार राति साढे ११ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत पोर्ताहामा बिग्रेर रोकिराखेको ना ४ त १६८२ नम्बरको ट्रयाक्टरमा पूर्व दिशाबाट आएको रा ६ प २८६३ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार एकजना नेपाली सेनाको जवानको मृत्यु भएको छ भने सोही मोटरसाइकलको पछाडी सवार अर्का एक जवान घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सिमेन्ट लोड ट्रयाक्टरको पछाडिको चक्का अचानक पड्किएपछि सडक किनारमा रोकिराखेको थियो । मृत्यु हुनेमा दाङ्ग जिल्ला घर भएका भिमदल गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान वर्ष २४ को नरेन्द्र गिरी रहेका छन् भने पछाडि सवार तनहुँ घर भई शेरगंज गण सिरहामा कार्यरत जीवन तामाङ्ग सामान्य घाइते रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षण प्रदिप सुवेदीले जानकारी दिएका छन् ।

सेनाका जवान गिरीको उपचारको क्रममा सिरहाको कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा मृत्यु भएको छ । दुर्घटनाबाट घाइते भएका दुबै सेनाका जवानलाई फुलकुमारी मेमोरिय अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । अर्का घाइते सेनाका जवान तामाङ्गको उपचार सोही अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर