Aamsanchar

इब्राहिमलाई देखेर झुक्किन्छन् शाहरुख खानका फ्यानहरु

Author Image
आइतवार, जेठ २३, २०७८

अहिले इन्स्टाग्राममा एक युवा निकै चर्चामा छन् । यी व्यक्तिको अनुहार र हाउभाउ ठ्याक्कै बलिउड अभिनेता शाहरुखसँग मिल्छ । फ्यानहरु उनको तस्विर देखेर झुक्किने गरेका छन् । इब्राहिम क्वादरी आफैं शाहरुखका ठूला फ्यान हुन् । उनको इन्स्टाग्राममा ४० हजारभन्दा धेरै फलोअर्स छन् ।

इब्राहिमले शाहरुखकै अभिनयको नक्कल गरेर भिडियोहरु बनाउने गरेका छन् । ‘कुछ कुछ होत हैै’, ‘दिलवाले दुल्हनिया ले जाएन्गे’ लगायत शाहरुख अभिनित हिट फिल्टका डायलग उनले बोल्ने गरेका छन् । उनको हेयरस्टाइल र लुकदेखि अभिनय पनि शाहरुखसँग मिल्छ । जसकारण समर्थकहरु छक पर्ने गरेका छन् । अहिले सामाजिक सञ्जालमा समर्थकहरुले पनि शाहरुख र इब्राहिमको फोटो जोडेर हाल्ने गरेका छन् । जहाँ, दुबै उस्तै–उस्तै देखिन्छन् ।
शाहरुख खान केही समयपछि प्रदर्शन हुने ‘पठान’ नामक फिल्ममार्फत फेरि पर्दामा देखिदैंछन् । यस फिल्ममा जोन इब्राहिमको पनि अभिनय रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर