Aamsanchar

झापा जिल्ला सहकारी संघद्वारा अक्सिजन बैंकमा आर्थिक योगदान

Author Image
बुधवार, जेठ २६, २०७८

बिर्तामोड । एक का लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकका लागि झापा जिल्ला सहकारी संघले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
बुधवार अक्सिजन बैंक उद्घाटनको अवसरमा संघले उक्त रकमको चेक प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक बिनोद बस्नेतलाई संघका अध्यक्ष गणेश ढकाल, सचिव भवानीप्रसाद दंगाल लगायतको टोलीले उक्त रकमको चेक प्रदान गरेको छ ।

झापा जिल्ला सहकारी संघ एक का लागि एक अभियानको साझेदार संस्थाको रुपमा रहेको छ । सोही अवसरमा संघका अध्यक्ष ढकाल र सचिव दंगालले आफ्नो व्यक्तिगत तर्फबाट एक/एकवटा अक्सिजन सिलिण्डर बराबरको रकम सहयोग हस्तान्तरण गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर