Aamsanchar

मोरङमा पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ

Author Image
बिहिवार, जेठ २७, २०७८

मोरङ। मोरङको केरावारी गाउँपालिका–९ देवीझोडाबाट पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५१ बर्षीय गणेश लिम्बु र बेलवारी नगरपालिका–२ लालभित्तिका ४१ बर्षीय पदम कुमार लिम्बुलाई मंगलवार अपरान्ह साँढे ५ बजे पक्राउ गरेको हो ।

प्रहरीले गणेश लिम्बुको घरबाट १ थान कटुवा पेस्तोल, ३०३ राईफलको गोली ५ थान, गोली लोड गर्ने चाँचर २ थान र पेस्तोलको गोली १ थान बरामद गरेको थियो । यसैगरी निजकै घरमा पार्किङ गरी राखिएको पदम कुमार लिम्बुको नाममा रहेको को १ च ८३८६ नम्बरको कारबाट धारिलो हतियार खुकुरी १ थान र चक्कु १ थान बरामद भएको थियो । हातहतियार र गोली सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको मोरङ जिल्ला प्रहरीकार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर