Aamsanchar

बिर्तामोड आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई वीरता लेडीद्वारा फलफूल वितरण

Author Image
शनिवार, जेठ २९, २०७८

बिर्तामोड । झापाको विर्तामोडमा रहेको वीरता लेडी जेसीजले आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई फलफूल बितरण गरेको छ।

बिर्तामोड नगरपालिकाद्वारा संचालीत बिर्तामोड नगर आइसोलेसन सेन्टरमा रहेका १८ जना संक्रमितहरुलाई फलफूल वितरण गरेको लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यले बताइन।

‘शुभ दिन ,शुभ कार्य’ अभीयान अन्तर्गत बर्ष २०१७ की मानार्थ सदस्य जेसी सुनिता उप्रेतीको जन्मदिनको अवसर पारि उनको समन्वयमा फलफूल वितरण गरिएको हो। उप्रेती,मेची टेक्निकल ट्रेनिङ ईन्स्टिचुट की संचालक समेत हुन।

वीरता लेडी जेसीजले प्रत्येक महिना आफ्ना सदस्यहरुको जन्मदिन, वैवाहिक उत्सवको अवसर पारि यस्तै सामाजिक कार्य गर्दै आएको महासचिव हिमा पौडेलले जानकारी दिईन ।

आइसोलेसन सेन्टरमा रहेका बिरामि हरुको स्वास्थ्यलाभको कामना गर्दै रोग प्रतिरोधक क्षमता बढाउनका लागी ५ हप्तादेखि भएको निरन्तर लकडाउनमा प्रशासनले फलफूल पसल पनि खोल्न रोक लगाएका कारण विरामीहरले फलफूक किनेर खाख्छु भन्दा पनि नपाईरहेको अवस्थामा  लेडी जेसीजले गरेको सहयोगप्रति सेन्टरका प्रमुख कृष्ण काफ्लेले धन्यवाद दिएका थिए।

कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्ष सरु खनाल ,मानार्थ सदस्य सुनिता उप्रेती,कोषाध्यक्ष झुमा चूडाल लगायत सदस्यहरुको उपस्थीति थियो ।

बिर्तामोड आइसोलेसन सेन्टरमा हाल ६ महिला र १२ पुरुष गरि १८ जना रहेका छन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर