Aamsanchar

समाचार प्रभाव : खिनमायाको घर निर्माण सुरुहुने भयो

Author Image
शनिवार, असार ५, २०७८

बिर्तामोड । झापा अर्जुनधारा–५ की खिनमाया र उनका भाई मित्रलालाले भोग्दै आएको दुःखको बारेमा स्थलगत रिर्पोट शुक्रबार आमसंचार डटककमा प्रकाशन भएको २४ घण्टा नबित्दै खिनमायाको घर बनाउनको लागि समाजसेवी कनकाइ नगरपालिका वडा नम्बर ९ का शेरबहादुर थापाले ५ सय थान होलोव्लक आजै उपलब्ध गराएका छन् । थापाले बिहान खिनमायाको बासस्थानमै पुगेर घरको अवस्था देखेर भाभुक बन्दै २५ हजार बरावरको ब्लक उपलब्ध गराउने बचन दिएका थिए । उनले हप्ता दश दिन भित्रैमा सम्पूर्ण घर मर्मत गर्नको लागि जिन्सी तथा नगद सहयोग गरिदिन अरु दाताहरुमा पनि अपील गरेका छन् ।

त्यस्तै घर निर्माणमा जोडिन चाहने दाताहरुको सहजता र निर्माणकार्य सम्पन्ननार्थ आज स्थानिय रेडक्रसकर्मी ओमप्रकाश लुईटेलको संयोजकत्वमा घर निर्माण समन्वयन समिति गठन गरिएको छ । समितिमा स्थानिय सामाजिक अगुवा जीवन खतिवडालाई समुदायले सचिवको जिम्मेवारी दिएको छ । त्यसैगरी सदस्यहरुमा दुर्गा तिम्सिना, घनश्याम भट्टराई, सोनाली गेलाल रहेका छन् ।

खिनमायाको अवस्था बारे चासो राख्दै देश विदेशबाट फोन आईरहेको र धेरैजना स्थलगत रुपमा आएर हेर्दै केही दाताहरुले सहयोग प्रतिवद्धा जनाउनु भएको हुँदा दुईदिन भित्रमै निर्माण कार्य सुरु गर्ने लक्ष्य राखिएको समन्वयन समिति संयोजक लुईटेलले आमसंचारलाई बताए ।

घर निर्माणमा लाग्ने तथा अन्य उपभोग्य अति आवश्यक समाग्रीहरुको जोहो हुनेकाम सुरु भए संगै घर निर्माण गर्नको लागि अर्जुनधाराका पदम पौडेलले तिन ट्रयाक्टर पालुवा, सोनाली गेलालबाट सौचालय निर्माण, स्थानिय अर्जुन कडेलबाट सोलारबत्ती जडान, नेत्रप्रसाद सिटौलाबाट दुईवटा खाट र आवश्यक सिरक डसना उपलब्ध गराउने प्रतिवद्धता भएको त्यसैगरी जि एण्ड होलोव्लकबाट ढुवानी वापतको ५ हजार रुपैया सहयोग प्राप्त भएको लुईटेलले जानकारी दिए ।

‘आमसंचारद्वारा संप्रेषण भएको समाचारका कारणले खिनमायाको लगभग घर निर्माण हुने सम्भावना देखियो, खिनमायाको जिर्ण घर हेर्न र सकेको सहयोग गर्ने भन्दै धेरै जनाबाट बचन प्राप्त भएको छ । तर हामि पारदर्शितालाई चुस्त दुरुस्त राखेर काम गर्ने छौं त्यसैले प्रतिवद्धता र उपलब्ध भएको सहयोग मात्र सार्वजनिक गरेको’ समन्वयन समितिका सचिव जीवन खतिवडाले बताए ।

अर्जुनधारा–५ की खिनमायाको गरिवी: फुकी ओछ्यान, मुड्की सिरानी

भिडियो हेर्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 314

प्रतिक्रिया (०)

सम्बन्धित खबर