Aamsanchar

अर्जुनधारा नगरले आयोजना गरेको सार्वजनिक सुनुवाईमा कोरोना खोप दुरुपयोग भएको आरोप

Author Image
बुधवार, असार ९, २०७८

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले नयाँ आर्थिक बर्षको बजेट प्रस्ताव गर्ने एक दिन अगाडी चालु आर्थिक बर्षको योजना कार्यनयन प्रति समिक्षा सहित बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित सार्वजनिक सुनुवाईमा नगरबाट प्रवाहहुने योजना, प्रसाशन, भूमी व्यवस्थापन, जिन्सी, सुचना प्रविधी, न्याय सम्पादन, पशुपंक्षी विकास, स्वास्थ्य, राजश्व, सामाजिक विकास, कृषि, लेखा, इन्जिनेरिङ लगायतका विभागका प्रमुख हरुले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा योजना अधिकृत हेमराम सेढाई, प्रसाशन तथा भूमी व्यवस्थापनका प्रमुख चुडामणी निरौला, जिन्सी शाखा प्रमुख तेवेन्द्र अधिकारी, सुचना प्रविधी प्रमुख विनोद खनाल, न्याय सम्पादनको तर्फबाट पुष्पा पौडेल अधिकारी, पशुपन्क्षी विकास शाखा प्रमुख पदम राई, स्वास्थ्य कोरोना फोकलप्रसन मुकुन्द बस्नेत, सामाजिक विकास तथा बालवालिका शाखा प्रमुख सुमित मगर, कृषि शाखा प्रमुख उर्मिला राजवंशी, लेखा प्रमुख रामचन्द्र घिमिरे, सिभिल ईन्जिनियर निता नेपालले कार्यप्रगती विवरण प्रस्तुत गरेका थिए ।

नगर प्रमुख हरिकुमार राना ।

अर्जुनधाराको वडा नम्बर ७ मा हरेको पितृ भवनमा आयोजित सार्वजनिक सुनुवाईमा नगरका दलहरुका प्रमुख र पत्रकारहरुले प्रश्न राखेका थिए । सार्वजनिक सुनुवाईमा नेपाली काँग्रेस नगर सभापति हेमराज खरेल, मावोवादी अध्यक्ष नारद दुःखी, राप्रपका लवकुश गिरी, एमालेका अध्यक्ष प्रेमसागर सापकोटा, सर्वसाधारणको तर्फबाट रामकुमार घिमिरे लगायतले विभिद विषयमा सवाल जिज्ञाषा राखेका थिए । त्यसैगरी पत्रकारहरु कुमार भट्टराई, बिनोद पाण्डे, प्रेम आचार्य, दिपिन राईले शाखा प्रमुख हरुले प्रस्तुत गरेको प्रतिवेदनका विभिन्न विषयमा टिप्पणी गरेका थिए ।

सार्वजनिक सुनुवाईमा पत्रकार प्रेम आचार्यले भने कोरोना खोप दुरुपयोग भएको सुचना पाएको छु यो विषयमा नगरपालिकाले छानविन गरोस् ।  नेपाली काँग्रेस नगर सभापति हेमराज खरेलले भूमी व्यस्थापनमा सरकारले कर तिर्न नपर्ने भूमीहिनहरुबाट पनि राजश्व असुसी भएको छ,   किन यस्तो गरेको ? नदीजन्य बस्तुमा फर्जिबिल र छाँप प्रयोग भएको आफूसंग प्रमाण रहेको दावी गरेका थिए । एमालेका अध्यक्ष प्रेमसागर सापकोटाले नगरपालिकाबाट समयमा योजनाहरुको सम्झौता नहुदा निर्माण योजनाहरुले गतिलिन नसकेको प्रति प्रश्न गरेका थिए । पत्रकार कुमार भट्टराईले कृषकलाई सिचाई, विउ, मल लगायतका सुविधाहरु प्रभावकारी ढंगले उपलब्ध र कार्यनयन नभएको भन्दै नगर प्रमुख समक्ष गुनासो राखेका थिए ।  प्रधानमन्त्री रोजगार कार्यक्रम उपलब्धी मुलक नभएको,  ढिलासुस्ती, वेथिती जस्ता बिषयहरु नियन्त्रण र व्यवस्थापन गर्न सरोकारवालाहरुले सुझाव दिएका थिए ।

कार्यकारी प्रमुख अम्बिकाप्रसाद चौलागाईं ।

सार्वजनिक सुनुवाईमा उठान भएका सवालहरुको नगर प्रमुख रानाले सम्वोदन गर्ने क्रममा भने ‘नगरपालिकाले अल्पकालिन र दिर्घकालिन योजनाहरुलाई अघि सारेको छ । गत बर्ष र यस बर्ष कोभिडको कराणले सोचोजस्तो परिणम आउने गरिको काम गर्न सकिएन । अब कोभिडलाई पनि नजिकबाट बुझिसकियो यस बर्ष जनताले अनुभूत गर्नेगरीको परिणामहरु आउनेमा आफू आशावादी रहेको र यसकालागि नगरका कर्मचारी, जनप्रतिनिधीहरुले दत्तचित्तले काम गर्नु पर्ने हुन्छ, हाम्रो मात्र सोच र चिन्ताले मात्र पुग्दैन सिंगो नगरवासीले सकारात्मक सोचका साथ चिन्तन मनन र काम गर्नुपर्ने हुन्छ ।’

त्यसैगरी योजना कार्यसम्पादनको विषमा उठेका सवालहरुमा नवनियुक्त कार्यकारी प्रमुख अम्बिका प्रसाद चौलागाईले ‘खोप दुरुपयोग भएको कुरालाई छानविनको दायरामा ल्याउने, प्रमाणित भए कार्वाही हुने, सबै उठेका सवालहरुमा नगरपालिका गम्भिर भएको छ । पर्याप्त बजेट अभावको कारण योजनाहरु कार्यनयन हुन नसकेको अवस्था पाएको छु , नगर सरकारले जनताको अति आवश्यक र आधारभूत योजनाहरुमा प्रयाप्त बजेटको व्यवस्थापन गरेको खण्डमा विषयगत शाखाबाट छिटो छरितो, चुस्त दुरुस्त काम हरसम्भव हुने छ, धेरै सम्भावना बोकेको अर्जुनधारालाई सुनौलो विकास सहित नमुना नगर बनाउन सबै पक्ष लागि पर्नुपर्ने ’ धारणा राखेका थिए ।

कोरोना महामारीकै बीच आयोजना भएको सार्वजनिक सुनुवाईमा पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गराईएको थियो । यसै पनि सार्वजनिक सुनुवाई भनेपछि धेरै जना जम्मा भएर गरिने कार्यक्रम भएपनि अर्जुनधाराले गरेको सार्वजनिक सुनुवाई प्रतिनिधीमुलक सिमित संख्याको उपस्थितीमा सम्पन्न भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण प्रसाशन शाखाका सौजन्य कटुवालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 431

प्रतिक्रिया (०)

सम्बन्धित खबर