Aamsanchar

मेचीनगरले आउदो आर्थिक बर्ष भित्र सबै क्षेत्रमा कर नबढाउने

Author Image
सोमवार, असार १४, २०७८

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि करको दरहरु नबढाउने भएको छ । १० असारमा सार्वजनिक गरेको १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३ सय ५४ रुपैयाँको वार्षिक बजेटका क्रममा नगरपालिका प्रमुख विमल आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा यसलाई प्राथमिकतामा राखिएको छ ।

आर्थिक विकास सम्बन्धि नीति अनुसार कोभिड १९ संक्रमणका कारण होटलसहित अन्य व्यवसायहरुमा परेको अप्ठयारोलाई मध्यनजर गदैं आर्थिक वर्ष ०७७/०७८ मा कायम भएको कर दस्तुरमा २५ प्रतिशत छुट दिने गरी आगामी आर्थिक वर्ष ०७८/०७९ मा कर तथा दस्तुर कायम गरिने नीतिमा उल्लेख गरिएको छ ।

महिला अपाङ्गर शहीद परिवारहरुले नगरपालिकाबाट प्राप्त गर्ने घरबाटो र चारकिल्ला प्रमाणितमा तिर्नुपर्ने राजस्वमा २५ प्रतिशत छुट दिने नीति लिईएको छ । नगरक्षेत्रमा बालमैत्री एकसयजना भन्दा बढीलाई प्रत्यक्ष रोजगार दिने नयाँ उद्योग स्थापनाका लागि आएमा स्थापनाका लागि लाग्ने दर्ता शुल्क तथा राजस्व छुट गर्ने नीति साथै ५ वर्षसम्म नविकरण दस्तुर नलाग्ने नीति अवलम्बन गरि सडक खानेपानी विद्युत विस्तारमा समेत नगरपालिकाबाट आवश्यक सहयोगको व्यवस्था मिलाईने छ ।

मेचीनगरमा घरवहाल कर अपेक्षितरुपमा करको दायरामा आउन नसक्नु, आएकाको समेत न्यून अंक कायम गरी आउने हुँदा सवैलाईकरको दायरमा ल्याउन तथा उचित अंक रकम कायम गर्न मेची उद्योग बाणिज्य संघ संग सहकार्य गरी आवश्यक व्यवस्था मिलाउने छ । यसबाट प्राप्त राजस्वबाट मेची उद्योग बाणिज्य संघलाई क्षमता विकास व्यपार प्रवद्र्घन तथा सुरक्षा जस्ता क्षेत्रमा साझेदारी कार्यक्रम सञ्चालन गर्ने आवश्यकिय व्यवस्था मिलाउने नीति समेत नगरपालिकाले लिएको छ ।

आर्थिक विकास सम्बन्धि नीति अनुसार मेची चेम्वर अफ कर्मस नगरपालिकाको आर्थिक विकास सँग सम्बन्धित नीति निर्माण र कार्यन्वयन गर्ने आवश्यक सहकार्य र समन्वय गरिने नगर प्रमुख आचार्यले बताउनुभयो । सीमानाकामा निजीक्षेत्रसँग सहकार्य गरेर आवश्यक गृहकार्य गरी व्यवसायिक सहजीकरण तथा निजी क्षेत्रको व्यवसाय प्रवद्र्घनमा टेवा पुर्याउने समेत नीति नगरपालकिाले लिईएको छ ।

नगरभित्रका विपन्न सुकुम्वासीको पहिचान गरी स्वरोजगार बनाउन उत्पादनमुखी आयमुलक कार्यक्रममा सहभागी गराउने जीवनस्तर माथि उठाउने नीति लिईएको छ । यसका लागि खालीप्रति जग्गाहरुमा जग्गाधनीलाई केही शुल्क दिएर जग्गा विहिनहरुका लागि एकिकृत खेती प्रणाली सञ्चाला गराउन प्रारम्भ गरिने नगरप्रमुख आचार्यले बताउनुभयो ।

फलफूल उत्पादनका क्रममा आत्मनिर्भर बनाउन वैदेशिक रोजगारबाट फर्किएका युवा जनशक्ति र भूमिहिन सिमान्तकृत, जनशक्तिलाई रोजगारको अवसर प्रदान गर्न एवम् खाद्य तथा पोषण सुरक्षा सुनिश्चिता गर्नका लागि निजी ऐलानी तथा पर्ति बाझो जमिनमा सामूहिक फलफूल खेती कार्यक्रम सञ्चालन कार्य विधि बनाई फलफूल दशक विरुवा रोपण सरोकारवाला सवैको सहभागितामा कार्यन्वयन गरिने नीति समेत नगरपालिकाले लिईएको छ । पशु विकासको क्षेत्रमा नगरवासी पशुपालक कृषकहरुले आवश्यक थप सेवा प्राप्त गर्न सकुन भनेर धुलावारीमा माविमा अध्ययन गर्ने विद्यार्थी तथा अध्यापन गराउने शिक्षकहरुबाट पशु सेवातर्फका नश्ल सुधार तथा पशु रोग उपचार गर्ने व्यवस्था मिलाईने छ । यसका लागि आवश्यक पूर्वाधार निर्माण गरिने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर