Aamsanchar

भेडेटार र नाम्जेमा आन्तरिक पर्यटकको चहलपहल

Author Image
आइतवार, असार २७, २०७८

धनकुटा — पर्यटकीय स्थल भेडेटार र नाम्जेमा चहलपहल बढ्न थालेको छ । धनकुटाको साँगुरी गाउँपालिकास्थित दुवै स्थानमा शुक्रबारदेखि आन्तरिक पर्यटक भित्रन थालेका छन् । दशकअघि अमेरिकी समाचार संस्था सीएनएनले विश्वको पुग्नै पर्ने उत्कृष्ट गन्तव्यको सूचीमा समावेश गरेको नाम्जे गाउँ त्यसयता पर्यटकको रोजाइमा पर्दै आएको छ । तर पछिल्लो समय कोरोना संक्रमणको जोखिमले सुनसानजस्तै बनेको थियो ।

चहलपहल सुरु भएपछि त्यहाँका होटल आगन्तुकले भरिएका छन् । होटल व्यवसायी ललितबहादुर थापाले शुक्रबार र शनिबार विगतको जस्तै होटलहरू भरिभराउ भएको बताए । होटल व्यवसायी विष्णु श्रेष्ठले स्वास्थ्य सावधानी अपनाएर सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्न जुटेको बताए । ‘पर्यटक र व्यवसायी सबै सावधान हुन जरुरी छ,’ उनले भने, ‘लामो समय सुस्ताएको व्यवसाय आसलाग्दो बन्ला भन्ने लागेको छ ।’ धरान–१५ का विजय लिम्बू शनिबार नाम्जेस्थित ‘आत्मा बस्ने चौतारा’ मा थिए ।

उनले गर्मी छल्न उपयुक्त स्थानको रूपमा नाम्जेलाई लिएको बताए । नाम्जेबाट २० किलोमिटर दूरीमा रहेको धरानमा गर्मी छ । त्यहाँबाट नजिक दूरीमै शीतल रहेकोले आएको उनको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर