Aamsanchar

‘द भ्वाइस अफ नेपाल’को उपाधि अमेरिकाका किरण गजमेरलाई

Author Image
आइतवार, साउन २४, २०७८

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को उपाधि किरण गजमेरले जितेका छन्। शनिबार राती सम्पन्न तेस्रो संस्करणको गायन रियालिटी शोको फाइनलमा तीन प्रतिश्पर्धीलाई पछि पार्दै गजमेरले उपाधि जितेका हुन् ।

टिम प्रमोदमा रहेका गजमेरले भोटका आधारमा उपाधी उचालेका हुन् । उनले सेमिफाइनलमा सिक्किमका रवि गहतराजलाई पछाडि पार्दै फाइनलमा पुगेका थिए। भ्वाइस अफ नेपालमा सहभागीता जनाउन गजमेयर आठ महिना अघि अमेरिकाबाट नेपाल आएका थिए । उनले यसअघि नेपाली चलचित्र ‘राधा’, ‘साढे सात’ लगायतक गितमा स्वर दिई सकेका छन् । साथै, उनले केहि हिन्दी गीतमा समेत स्वर दिईसकेका छन् ।

टिम प्रमोदबाट फाइनलमा पुगेका किरण गजमेर, टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले फाइनलमा प्रतिश्पर्धा गरेका थिए। ग्राण्ड फिनालेमा कोचहरु दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ टिमबाट एक-एक जना प्रतिस्पर्धी फाइनल पुगेका थिए।

यसअघि भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन–२ राम लिम्बू विजेता बनेका थिए । सिडी विजय टिम दीपका प्रतिस्पर्धी थिए भने राम लिम्बू टिम प्रमोदका प्रतिस्पर्धी थिए

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर