Aamsanchar

माओवादीको वडा कमिटी पुनर्गठन तीब्रता, मेचीनगर ६ को अध्यक्षमा ओम कार्की

Author Image
बिहिवार, साउन २८, २०७८

मेचीनगर । नेकपा माओवादी केन्द्रले वडा कमिटी पुनर्गठनलाई तीब्रता दिएर पार्टीलाई थप चलायमान बनाउन थालेको छ ।

केन्द्रीय कमिटीले साउन मसान्तसम्म वडा कमिटी पुनर्गठन गर्न निर्देशन दिएसँगै झापाका १५ वटै पालिकाका वडाहरुमा पुनर्गठन गर्ने अभियान तीब्र पारिएको माओवादी केन्द्र झापाले जनाएको छ ।

माओवादीको वडा पुनर्गठन अभियान अन्तर्गत बुधबार मेचीनगर वडा नं। ६ कमिटीले पूर्णता पाएको छ । काँकरभिट्टाको सामुदायिक भवनमा आयोजित कार्यक्रमका बीच वडा नं। ६ कमिटीको अध्यक्षमा ओम कार्की चयन भएका छन् ।

२९ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा हर्कमाया बस्नेत, सचिवमा खड्गमान गुरुङ तथा सदस्यमा भीम संग्रौला, टेक आचार्य, इन्दिरा रसाइली, रघु खनाल, यामप्रसाद ढुंगेल, लिला अधिकारी, पदम खनाल, मोति बजगाईं, इन्द्र भट्टराई, कुमार पाठक, रीता तामाङ, गणेश गुरुङ, रविन प्रधान, विष्णु बोहोरा, भीमप्रसाद नेपाल, मातृका बस्नेत, अभिषेक दवाडी, अभिजित दवाडी, मानबहादुर गिरी (ध्रुब), रीता तामाङ चयन भएका छन् । बाँकी सदस्य पछि थप गरिने जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि माओवादीका जिल्ला सचिवालय सदस्य प्रकाश भण्डारीले पार्टीलाई जीवित तुल्याएर सशक्त ढंगबाट अघि बढ्नु पर्नेमा जोड दिए । उनले पार्टीलाई थप चलायमान बनाउन तल्लो स्तरबाटै लाग्नु पर्ने बताए ।

वाइसीयलका झापा संयोजक दधिराम रिमालले रुपान्तरित तरिकाबाट अघि बढ्न सकियो भने मात्रै पाटी दह्रो बन्ने बताए । माओवादी केन्द्र मेचीनगर संयोजक पुष्प गुरागाईंले माओवादीहरु फेरि जनताको सेवामा लागेको हुनाले इमान्दार भएर नेता तथा कार्यकर्ता सक्रिय रहन आह्वान गरे ।

नेता ज्ञानेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रिमा खरेल तथा सञ्चालन ओम कार्कीले गरेका थिए ।

कार्यक्रममा नगर संयोजन समितिका सदस्य राजन चिमरिया, राजु दाहाल, वाइसीयल प्रदेश सदस्य प्रेम ल्वागुन, खगेन्द्र राजवंशी, मेचीनगर अध्यक्ष विनोद मण्डल, विकास थापा, डिल्ली सिवाकोटी, सन्जय लामालगायतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर