Aamsanchar

अन्तर्राष्ट्रिय एक्स्पोमा नीलडेविड्स इन्टरनेशनल सलून पनि सहभागी हुने

Author Image
मङ्गलवार, भदौ १, २०७८

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको जेडब्ल्यू मेरियट होटलमा आयोजना हुने दुई दिन ‘फ्रेन्चाइजी इन्डिया एक्स्पो’मा नेपाली हेयर स्टाइलिष्ट नीलडेविड कटुवालको अन्तर्राष्ट्रिय ब्राण्डले पनि सहभागिता जनाउने भएको छ ।

यही सेप्टेम्बर ४ तथा ५ का दिन सम्पन्न हुने उक्त एक्स्पोमा नीलडेविड्स इन्टरनेशनल सलूनले सहभागिता जनाउन लागेको हो । अन्तर्राष्ट्रिय स्तरको उक्त एक्स्पोमा विभिन्न देशका अन्तर्राष्ट्रिय ब्राण्डहरुले आफ्ना प्रोडक्टहरु झल्किने स्टलहरु राख्दैछन् ।

कलाकर्मीसंग कुरा गर्दै अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेका नेपालका हेयर स्टाइलिष्ट कटवालले भने–‘ फ्रेन्चाइजी इन्डियाको विशेष आमन्त्रणमा नीलडेविड्स ब्राण्डले पनि उक्त एक्स्पोमा आफ्नो स्टलमार्फत आफ्नो ब्राण्डको दुई दिने प्रदर्शन गर्ने र धेरै लगानीकर्ताहरुको आँखामा पर्दै फ्रेन्चाइजी स्थापित गर्ने मौका पाउने छौं ।’

देश–विदेशका ठूला–ठूला ब्राण्डको साथमा नीलडेविड्स ब्राण्ड पनि नेपाल र नेपालीको गौरव बढाउँदै फ्रेन्चाइजी इन्डियामा छनौट भएको कटवालले जानकारी दिएका छन् ।

यसैबीच, हैदरावादमा यही सेप्टेम्बर २ मा एकै साथ दुई वटा नीलडेविड्स सलूनको फ्रेन्चाइजी सलून सञ्चालनमा आउने भएकाले भव्य उद्घाटनका लागि नीलडेविड हैदरावादमा हुनेछन् । सेप्टेम्बर ३ का दिन उनी फ्रेन्चाइजी इन्डियाका लागि हैदरावादबाट दिल्ली आउने छन् ।

फ्रेन्चाइजी इन्डिया एक्स्पोका लागि नेपालका कान्छो इन्टरप्रेनर तथा केश सलून ब्राण्डका फाउन्डर, नीलडेविड सलून एण्ड एकेमेडीका सिईओ डेनियल कटवाल पनि दिल्ली पुग्दैछन् ।

हालैमात्र दिल्लीमा यूथ आइकन अवार्ड २०२१ बाट सम्मानित भएका छन् नीलडेविड भन्छन्–‘फ्रेन्चाइजी इन्डियामा भाग लिन पाउँदा म र मेरो ब्राण्ड मात्र होइन, नेपाल र नेपाली पनि मेरो साथमा भएको महसुस गरेको छु । मलाई यति धेरै माया, साथ र हौसला दिएर यहाँसम्म पुर्‍याउनु भएकोमा धन्यवाद दिन चाहन्छु । नेपाललाई मेरो पेशा र कलाबाट चिनाउने छु ।’

‘म दिल्लीमा बसोबास गर्ने नेपाली तथा काम विशेषले दिल्ली पुग्नु हुने नेपालीहरुलाई सेप्टेम्बर ४ तथा ५ का दिन फ्रेन्चाइजी एक्स्पोमा आएर हाम्रो हौसला बढाइदिनु हुन अनुरोध गर्दछु, नीलडेविडले भनेका छन् ।

‘फ्रेन्चाइजी एक्स्पोमा म आफैं सहभागि नहुने कि भन्ने लागेको थियो, नीलडेविड भन्छन्–‘तर फ्रेन्चाइजी एक्स्पोका प्रमुखले धेरै पटक फोन गरेर अनुरोध गर्दै भन्नु भयो ‘तिम्रो र ब्राण्डको अगाडि बढ्ने यही मौका हो, के थाहा तिम्रो ब्राण्डले अर्कै रुप पो लिन्छ कि ?’

अन्तर्राष्ट्रिय हेयर स्टाइलिष्टको रुपमा स्थापित भैसकेका नेपाली हेयर स्टाइलिष्ट कटवालले विगतमा आँखामा पट्टी बाँधेर २५ मिनेटमा पाँच वटा लेडिज हेयर कट गरेर कीर्तिमान राखिसकेका छन् । नीलडेविड्स सलून एण्ड एकेडेमी ब्राण्ड यतिबेला सबैभन्दा बढी फ्रेन्चाइजी बिक्रीको सूचीमा परिरहेको छ ।

दोस्रो लकडाउनपछि मात्र नेपाल र भारतमा १२ वटा फ्रेन्जाइजी साइन गरिसकेको नीलडेविड्स ब्राण्डका लागि थप १० देखि १५ वटा फ्रेन्चाइजीका लागि कुरा भैरहेको ब्राण्डका मेनेजर सौरेनले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर