Aamsanchar

वामदेव गौतम एमालेको केन्द्रीय कमिटी बैठकमा नजाने

Author Image
बिहिवार, भदौ १०, २०७८

काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक आज मध्याह्न १२ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्न लागेको हो । बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी नहुने भएका छन् । उनका स्वकीय सचिव दीपक टमाटाका अनुसार गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेपछि मात्रै सहभागिताका सम्बन्धमा टुंगो लाग्नेछ । “दुवै नेतासँग छलफल गरेपछि मात्रै जाने/नजाने टुंगो हुन्छ । छलफल नभएसम्म बैठकमा जानु हुन्न,” उनले भने ।

गौतम पछिल्लो बैठकमा पनि सहभागी भएका थिएनन् । केही दिनअघि उनले एक वक्तव्य जारी गर्दै आफू नयाँ पार्टीमा गइनसकेको बताएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर