Aamsanchar

पहराको कापमा गजुरमुखी

Author Image
बिहिवार, भदौ १०, २०७८

बिर्तामोड। इलाम जिल्लाको माङसेबुङ गाउँपालिकामा रहेको गजुरमुखी धाम धार्मिक तथा पर्यटकीय हिसावले परिचत स्थल हो । इलामको पुरानो बजार मंगलबारे हुदै पुगिने गजुरमुखी धाम पहिले विकट रहेको थियो भने अहिले विगतको तुलनामा धेरै सुविधा उपलब्ध रहेको छ ।

पहिला गजुरमुखी पुग्ने बाटो अत्यनतै कच्ची रहेको थियो । अहिले ग्राभेलनै भएपनि सावारी साधन अटो रिक्सा सहज रुपमा चल्ले गरिको बनाईएको छ । गजुरमुखीमा खान र बस्नको लागि राम्रा सुविधा युक्त होटल लजहरु संचालनमा आएका छन् ।

स्थानीय बागवीर लिम्बूले पत्ता लगाएको भनिएको गजरामुखीबाट नै गजुरमुखीधाम नामाकरण भएको बताइन्छ । यसको उत्पत्ति करिव २ सय ५० वर्ष अगाडी भएको किम्बदन्ती छ । विशेष गरेर निसन्तानहरु सन्तान माग्न र शिशुहरुको बोली नआए बोली फुट्ने जनविश्वास रहेको स्थानियहरु बताउछन् ।

स्थानिय अग्रजहरुको भनाई अनुसार ‘निशन्तान र कुनै बच्चाको बोलि आउँदैन भने ठिक हुने यहाँको प्रमुख विषेशता हो । भाकल बुझाउन बर्षेनी धेरै मानिसहरु आउने गर्दछन् ।’

गजुरमुखीमा एक पटक मात्रै गएर नहुने प्रचलन रहेको छ । गजुरमुखीसँग केहि माग्न आए पुरा भएपछि पुन आफुले मागेको कुरा पुरा भएको खवर पुर्याउन जानुपर्ने मान्यता छ ।
यही मान्यता अनुसार भक्तजन दुई पटक त्यहाँ पुग्ने गर्दछन । शनिवार र मंगलबार भक्तजनहरुको घुइँचो लाग्ने गजुरमुखीमा नजिकै रहेको देउमाई खोला किनारामा कात्तिके पुर्णीमामा ठूलो मेला समेत लाग्ने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 372

प्रतिक्रिया (०)

सम्बन्धित खबर