Aamsanchar

जनगायक जेबी टुहुरेको निधन

Author Image
बिहिवार, भदौ १०, २०७८

कयौं जनवादी गित गाएर अघिल्लो पुष्तामा लोकप्रिय बन्न सफल जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ ।

टुहुरेको बयोधा अस्पतालमा बिहीबार उपचारका क्रममा निधन भएको हो । टुहुरे मंगलबार घरमा एक्कासि लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुन् ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालकाअनुसार उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि २ बजेसम्म माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । उनको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

जेबी टुहुरेका केही चर्चित गितहरु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर