Aamsanchar

बिर्तामोडका उद्योगीहरुले अब स्थानिय उत्पादन कर नतिर्ने

Author Image
सोमवार, भदौ २१, २०७८

बिर्तामोड । झापाको  बिर्तामोड नगरपालिका भित्र रहेका ३२ वटा उद्योगका व्यवसायी प्रतिनिधीहरुले बिर्तामोड नगरपालिकाले लिदै आएको स्थानिय उत्पादन कर ऐन खारेज गर्नु पर्ने माग राखेका छन् ।

सोमबार व्यवसायीहरुले बिर्तामोड नगरपालिकामा स्थानिय उत्पादन कर नीति खारेज गरी पाउँ भन्दै निवेदन दिएका छन् । उक्त निवेदन जिल्ला प्रसाशन झापा, झापा उद्योग संघ र बिर्तामोड उद्योग बाणिज्य संघमा पनि वोधार्थ पठाईको पाथिभरा स्टील इण्डष्ट्रिज प्रा.लि का संचालन अर्जुनकुमार मैनालीले आमसंचारलाई बताए ।

निवेदनमा भनिएको छ, ‘कोभिड महामारीको चपेटामा गुर्जिरहदा विश्व अर्थतन्त्र नै तहसनहस भएको यो अबस्थामा यस नगर क्षेत्रका सम्पूर्ण उद्योग कलकारखानाको बजार ठप्प भई हामी उद्योगीहरुले उद्योग सञ्चालनमा आर्थिक कठिनाईहरु भोग्नु परिरहेको अवस्थामा स्थानिय ऐनमा नभएको कर झापा जिल्लामा कुनै पालिकाहरुले पनि नलगाएको कर यस बिर्तामोड नगरपालिकाले आफ्नो नगर भित्र रहेका उद्योग कलकारखानाहरुलाई लगाएको स्थानिय उत्पादन कर हामी उद्योगीले यो अवस्थामा धान्न नसक्ने जानकारी गराउदै सो स्थानिय उत्पादन कर खारेज गरी उत्पादन मुखी उद्योग कलकारखानाहरुलाई प्रोत्साहन गर्न अनुरोध गर्दछौं । उद्योगमा लागू गरिएको सो स्थानिय उत्पादन कर तुरुन्तै खारेज नगरिएमा यस नगरका हामी उद्योगीहरु भदौ १ गतेबाट सो कर तिर्न असमर्थ रहेको व्याहोरा उल्लेख गरिएको छ ।’

स्थानिय उत्पादन कर खारेजीकोको माग राख्दै पाथिभरा स्टील इण्डष्ट्रिजका संचालक अर्जुन मैनाली, कंचनजंघा सिमेण्टका शिवकुमार अग्रवाल, दुर्गा स्टील इण्डष्ट्रिजका उमेश डालमिया, नमस्ते प्लाईउड इण्डष्ट्रिजका राजकुमार जैन, अम्बे भवानी प्लाईउड इण्डष्ट्रिजका महेश चित्लागिया, पशुपति भेनियर उद्योगका दुर्गा भण्डारी लगायत ३० जना उद्योगीहरुले निवेदनमा हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर